close

अब अनलाइनमै मनकामना केबल कारको टिकट

टेकपाना टेकपाना

असोज १५, २०७७ १२:२६

अब अनलाइनमै मनकामना केबल कारको टिकट

काठमाडौं । मनकामना केबलकारको टिकट अब मोबाइलबाटै काट्न सकिने भएको छ । मनकामना केबलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच अनलाइन टिकेटिङका लागि सम्झौता भएको हो ।

सम्झौतासँगै मनकामना दर्शन गर्न जानेहरुले सहज रुपमा अनलाइनमार्फत टिकट किन्न सक्ने भएका छन् । यस अघिसम्म टिकटका लागि लामो लाइनमा बस्नुपर्ने वाध्यता रहेको थियो ।

यस किसिमको बाध्यता अन्त्य तथा भक्तजनको स्वास्थ्य सुरक्षाको सरोकारलाई मध्येनजर गर्दै अनलाइनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको केबलकार व्यवस्थापनले जनाएको छ । भक्तजनहरुले टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्युटरमा ई–टिकट प्राप्त हुनेछ ।

सोही ई–टिकट देखाएर यात्रा गर्न सकिने जनाइएको छ । कोरोना भाइरसका कारण लामो समयदेखि केबलकार बन्द रहेको छ । केबलकार सञ्चालन भएपछि भक्तजनले अनलाइनबाटै टिकट काटेर दर्शन गर्न सक्ने केबलकारले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०