close

सामाजिक सुरक्षा कोषका भुक्तानी अब अनलाईनबाटै

टेकपाना टेकपाना

असोज १५, २०७७ १५:३९

सामाजिक सुरक्षा कोषका भुक्तानी अब अनलाईनबाटै

काठमाडौं । सामाजिक सुरक्षा कोषका विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी सम्पूर्ण भुक्तानी अनलाइनबाट सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यस्त व्यवसथा मिलाएको हो ।

हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथैे आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधोउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका भुक्तानी गर्दै आएको छ ।

यी भुक्तानी यस अघि चेकमार्फत गर्ने गरिएकोमा अब पूर्णतः स्वचालित रुपमा अनलाइनबाटै हुने भएको हो । यस्ता भुक्तानीहरु अब एपीआईमा जोडिएका कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली मार्फत रियल टाइम र एनसीएचएल–आईपीएस मार्फत नन–रियल टाइममा जम्मा हुने व्यवस्था मिलाइएको छ ।

कोषले लाभग्राहीको दाबी अनुरोधसँगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाइन भुक्तानी प्रदान गर्ने उल्लेख गरिएको छ । रोजगारदाताले कोषको अनलाइन एसओएसवाईएस प्रणालीमा आफूलाई रजिष्टर गराएर आफ्ना श्रमिकहरुको योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई–पेमेन्ट तथा यसका सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नेपाल बैंकमा रहेको खातामार्फत गर्दै आएको छ ।

जसअन्तर्गत हालसम्म दश हजारभन्दा बढी कारोबार मार्फत १ अर्ब ७ करोड बराबरको रकम संकलन भइसकेको उल्लेख छ । सामाजिक सुरक्षा कोषले सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रकृयाहरुलाई आत्मसाथ गर्दै आएको छ ।

कोषको यस किसिमको भुक्तानी आलाइनबाट सोझै लाभाग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालिएको छ । कोषको यस किसिमको कार्यबाट डिजिटलाइजेसन प्रकृयालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०