close

भायनेटको दशैं अफर, टेलिभिजन किन्दा १ वर्षसम्म इन्टरनेट र भायटिभी निःशुल्क*

टेकपाना टेकपाना

असोज १५, २०७७ १४:३७

भायनेटको दशैं अफर, टेलिभिजन किन्दा १ वर्षसम्म इन्टरनेट र भायटिभी निःशुल्क*

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले चाडपर्वलाई लक्षित गर्दै ‘भायनेट बडा दशैंमा बडा टिभी’ अफर सुरु गरेको छ । जसअन्तर्गत ग्राहकलाई टेलिभिजन सेट र क्यास भउचर प्रदान गरिने उल्लेख छ ।

यो योजना अन्तर्गत ग्राहकले केबल ४१ हजार ९ सय ९० रुपैयाँमा ४३ इन्चको स्काइवर्थ एलईडी टिभी सहित एक वर्षका लागि ३० एमबीपीएस गतिको इन्टरनेट र भाय टिभी सेवा प्राप्त गर्नेछन् ।

त्यस्तै ३२ इन्चको स्काईवर्थ टेलिभिजनको खरिदमा ३० एमबीपीएस गतिको इन्टरनेको वार्षिक प्लान र भाय टिभी प्राप्त गर्नेछन् । जसका लागि केवल २८ हजार ९९० रुपैयाँ राखिएको छ ।

यसका साथै कम्पनीले चाडपर्वलाई अझ रमाइलो बनाउन ग्राहकलाई ई–सेवाको ६५० रुपैयाँसम्मको क्यास भौचर समेत प्रदान गरिने जनाएको छ । साथै पुराना ग्राहकले थप ६०० सम्मको छुट पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफरमा ग्राहकले टेलिभिजन सेटमा बजार मुल्यभन्दा ३५ प्रतिशत भन्दा बढीको छुट प्राप्त गर्नेछन् । साथै भायनेटले भाय टिभीको सेवामा अब युट्युव पनि उपलब्ध गराउन थालेको छ । जसले गर्दा अफरमा प्राप्त हुने टिभीमार्फत युट्यवको पनि मज्जा लिन सकिने छ ।

* भायनेटले कोभिडको कारण देखाउँदै अफरलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०