close

आईपीएलको डिजिटल क्याम्पेनमार्फत प्रयोगकर्तालाई जोड्दै डिशहोम

टेकपाना टेकपाना

असोज १५, २०७७ १८:३४

आईपीएलको डिजिटल क्याम्पेनमार्फत प्रयोगकर्तालाई जोड्दै डिशहोम

काठमाडौं । डीटीएच सेवाप्रदाक कम्पनी डिशहोमले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लागि डिजिटल क्याम्पेन सुरु गरेको छ । क्रिकेटका खेलमध्ये सबैभन्दा बढी रुचाइने आईपीएल मार्फत देशमा रहेका लाखौं खेलप्रेमीलाई आफूसँग जोड्ने योजनाका साथ कम्पनीले ‘डिशहोम २०२० को मज्जा’ नामक डिजिटल क्याम्पेन सुरु गरेको हो ।

त्यसका लागि कम्पनीले ‘#DH2020 काे मज्जा’ नामक ह्यासट्याग सुरु गरेको छ । उक्त ह्यासट्यागमार्फत खेलप्रेमीहरु डिशहोमसँग जोडिन सक्नेछन् ।

साथै कम्पनीले पनि प्रयोगकर्तालाई लाइभ म्याचमा जस्तै उत्साह प्रदान गर्ने जनाएको छ । यस अभियान अन्तर्गत कम्पनीले फेसबुकमा डिजिटल एक्टिभेसन आयोजना गरेको छ ।

जसमा कम्पनीले भिडियो तथा विभिन्न आकर्षक डिजाइनमार्फत प्रयोगकर्तालाई खेल बारे जानकारी प्रदान गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०