काठमाडौं । वैज्ञानिक शिक्षा सम्बन्धि संस्थाको रुपमा रहेको कारखानाले प्रदेश नम्बर १ मा स्टेम सिकाई चौंतारी आयोजना गर्ने भएको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) मार्फत शैक्षिक, पेशागत र व्यावसायिक क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यका साथ यस्तो कार्यक्रम गर्न लागिएको हो ।
असोज १७ गते आयोजना हुने उक्त स्टिम सिकाई चौंतारीमा २० भन्दा धेरै विषयमा एक एक घण्टा लामा सिकाई शत्रहरु सञ्चालन हुने कारखानाका संस्थापक पवित्रबहादुर गौतमले जानकारी दिए । उक्त सेसनहरुमा स्टिमभित्रका विभिन्न नयाँ विषय र यससँग सम्बन्धित विविध विषयमा युवा, विद्यार्थी, पेशाकर्मी तथा व्यवसायीहरुको सम्बन्धलाई विज्ञहरुबाट सम्बोधन गरिनेछ ।
उक्त सेसन बिहान ९ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । जुमबाट आयोजना हुने उक्त सेसनको फेबसुक लाइभ समेत हुने कारखानाले बताएको छ । सेसनमा सहभागी हुन चाहनेहरुले आफ्नो इच्छा अनुसारको विषयको सेसन चयन गरी सहभागी बन्न सक्नेछन् ।
यसका लागि इच्छुकहरुले यहाँ क्लिक गरी फारम भरेर पठाउनु पर्नेछ । स्टिम एउटा यस्तो अवधारणा हो, जसले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, डिजाइन र गणितलाई छुट्टै रुपमा नहेरी एउटा सिङ्गो ढिक्काको रुपमा हेर्ने गर्दछ । यो कुनै नयाँ विषय नभइ, नयाँ सोच मात्र हो ।
यो पद्दतीले शिक्षा, पेशा अनि व्यवसायमा निकै सकारात्मक परिवर्तन ल्याउन सक्छ । यो पद्दत्तिले २१औँ शताब्दिमा आवश्यक पर्ने जनशक्ती, नवीनतम् पेशाहरुको लागी आवश्यक वातावरण र नयाँं सोचमा आधारित सामाजिक व्यवसाय विकासमा टेवा पुर्याउँदै आएको छ ।
स्टिम सिकाइ चौतारिका लागि करीब १५ वटा विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरिएको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय युवा परिषद्, एसटीएएन, नास्ट र प्याब्सन रहेका छन् ।
यसैगरी प्याब्सन, भ्यू फाइन्डर, डब्लूएलसी, डब्लूएलआईटी, उद्देश्य, गर्ल्स इन स्टिम, टेक जर्नोज फोरम, टुटल, उपाय र सिटी कार्गोले यसमा साथ दिएका छन् । सँगसँगै हेल्मेट्स, रोबोटिक्स एसोसियसन, एनवाईईएफ, किङ्स कलेज, द ट्रेकिङ स्टुडियो समेत यसमा सहभागी रहेका छन् ।