close

‘वर्क फ्रम होम’मा रहेका कर्मचारीको निगरानी गर्ने सफ्टवेयरको प्रयोग बढ्दै

टेकपाना टेकपाना

असोज १५, २०७७ २२:७

‘वर्क फ्रम होम’मा रहेका कर्मचारीको निगरानी गर्ने सफ्टवेयरको प्रयोग बढ्दै

काठमाडौं । सिबु फिलिप्स ट्रान्सेण्डका संस्थापक हुन् । ट्रान्सेण्ड एउटा लण्डनको कम्पनी हो, जसले सौन्दर्य सामग्रीलाई होलसेलमा किनेर अनलाइनमा रिसेल गर्दछ । 

गत वर्षेदेखि उनी हबस्टाफ सफ्टवेयर प्रयोग गरेर आफ्ना कर्मचारीहरुलाई ट्रयाक गरिरहेका छन् । यो सफ्टवेयरबाट उनी कर्मचारीहरुको वर्किङ आवर, की स्ट्रोक, माउस मुभमेन्ट र भिजिट गरेका वेबसाइटहरु चेक गर्न सक्छन् । 

फिलिप्सका सातजना कर्मचारी भारतमा बसेर काम गर्छन् । यो सफ्टवेयरको मद्दतबाट ‘जवाफदेहिता’ को सुनिश्चितता भएको उनी बताउँछन् ।  यसले समयको भिन्नतालाई पनि व्यवस्थापन गरिदिएको अनुभव उनी सुनाउँछन् । 

‘मलाई थाहा छ, तपाईंले १० मिनेटको अतिरिक्त ब्रेक लिन सक्नुहुन्छ । मेरा कर्मचारी के गर्दैछन् भनेर थाहा पाउन निरीक्षण गर्ने अटोमेटिक तरिका हुनु राम्रो कुरा हो,’ सिबु भन्छन्, ‘स्क्रिन सट्समा हेरेर कसले कुन काममा कति समय लगाइरहेको छ भन्ने कुरा थाहा पाउन सक्छु । उनीहरुले प्रक्रिया पुरा गरिरहेका छन् वा छैनन् भनेर पनि थाहा पाउन सक्छु ।’

‘यदि उनीहरुले मेरो अपेक्षाभन्दा राम्रो काम गरिरहेका छन् भने म फोटो पनि अध्ययन गर्छु र उनीहरुलाई आफ्नो ज्ञान टोलीका अन्य सदस्यलाई बाँडेर सुधारमा सहयोग गर्न आग्रह गर्छु,’ उनी भन्छन्, ‘मैले सफ्टवेयर प्रयोग गर्ने गरेको सबै कर्मचारीलाई थाहा छ ।’ 

यदि ब्रेकको समयमा कुनै वेबसाइटमा अन्जानबस भिजिट गरेका छन् भने उनीहरुले उक्त वेबसाइटमा खर्चिएको समय डिलिट गर्नसक्ने सिबु बताउँछन् ।

कोरोना भाइरसको महामारीका कारण अधिकांश मानिसहरु अहिले घरबाटै काम गरिरहेका छन् । यसैले बजारमा अहिले कर्मचारीको निगरानी गर्ने सफ्टवेयरको माग बढेको छ । 

अमेरिकामा आधारित हब स्टाफ सफ्टवेयरले वेलायतमा आफ्ना सेवाग्राहीहरु गत फेब्रुअरीदेखि वार्षिक वृद्धिको चार गुणाले बढिरहेको बताएको छ ।

यस्तै स्निक नामको अर्को कम्पनीको सफ्टवेयर प्रविधिले कर्मचारीहरुको ल्यापटप तथा डिभाइसको तस्वीर खिँचेर त्यसलाईँ समकक्षीकोमा पुर्‍याउने गर्दछ ।

सफ्टवेयरले प्रत्येक मिनेटको फोटो लिने गर्दछ । स्निक कम्पनी आफूलाई एउटा सञ्चार प्लेटफर्म मान्दछ । चाहे त्यो कर्मचारी होस् वा कम्पनी होस्, यो एपमा सबैलाई एकैप्रकारको अनुभूति प्रदान गर्ने र फरक नहुने उसले बताउँदै आएको छ ।

स्निकका सहसंस्थापक डेल कर्री लकडाउनको समयमा यसका प्रयोगकर्ता पाँच गुणाले बढेको बताउँछ । अहिले यो कम्पनीले कुल २० हजार जतिलाई सेवा दिइरहेको छ । 

कार्डिफ र साउथ ह्याम्पटन विश्वविद्यालयका प्राज्ञिकहरुले हालै सम्पन्न गरेको एउटा अध्ययनमा रोजगारदाता कम्पनीहरुको नेतृत्व पंक्तिमा एक किसिमको डर देखिएको थियो ।

महामारी र लडाउनले प्रभावित पारेको कम्पनीको उत्पादकलाई वर्क फ्रम होम अभ्यास गरिरहेका कर्मचारीहरुले काममा आखाँ छल्दा थप भयावह अवस्था आउने डर उनीहरुमा देखिएको छ । 

यस्ते उक्त अध्ययन सर्वेक्षणमा एक तिहाई कर्मचारीहरुले घरबाट काम गरिरहँदा आफ्नो उत्पादकत्व गिरेको पनि स्विकारेका थिए । 

तर यो बेला प्रविधि नै एउटा यस्तो सहारा बनेको छ, जसले काम गर्न चाहानेहरुलाई सहयोग र काम चोरलाई रंगेहात पक्राउ गर्न सक्छ । लण्डनमा बसोबास गर्दै आइरहेका २६ वर्षीय फोटोग्राफर जोसले घरबाट काम गरिरहँदा आफूले थाहा पाएको सबैभन्दा गाह्रो कुरा भनेको आफ्नो उत्पाकत्वको गिरावट नै हो । 

आफ्नो तीन कोठे फ्ल्याटमा स्टुडियो सेटअप गर्नु उनका लागि लजिस्टिकको हिसावले निकै चुनौतीपूर्ण काम हो । तर आफ्नो बोसले ट्र्याकिङ सफ्टवेयर प्रयोग नगर्ने हुँदा आफू धन्य भएको उनी बताउँछन् । 

यस किसिमका निगरानी सफ्टवेयर प्रयोग गर्ने कतिपय बोसहरुले यसले उत्पादकत्वलाई कायम राख्ने तर्क गरेको चार्टर इन्स्टिच्युट अफ पर्सनल एण्ड डेभलपमेन्ट सीआईपीडीको अनुसन्धानले देखाएको छ ।

कार्यस्थलको निगरानीले विश्वासलाई तोड्ने अनुसन्धानमा देखिएको छ । सीआईपीडीमा संस्थागत स्वभाव अनुसन्धानका वरिष्ठ सल्लाहकार जोन्नी जिफर्ड भन्छन्, ‘कर्मचारीको काम काराबाहीलाई निरीक्षण गर्दा यसले गलत कार्यको जोखिमलाई घटाउँछ र पर्फमेन्सलाई व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ ।’ 

तर रोजगारदाता कम्पनीसँग निगरानीको विषयलाई लिएर स्पष्ट नीति हुनुपर्ने र कर्मचारीलाई आफू निगरानीमा रहेको जानकारी हनु पर्ने उनी बताउँछन् । निगरानी सधैं अनुपातिक हुनुपर्ने उनको जोड छ । निगरानी गर्ने सफ्टवेयर प्रयोग गर्ने सबै कम्पनीहरुसँग स्पष्ट लिखित नीति हुनुपर्ने उनको भनाई छ । 

बीबीसीबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०