close

आईएमई पेले ल्यायो साथीभाइसँग सापटी माग्ने फिचर

टेकपाना टेकपाना

असोज १६, २०७७ १२:५

आईएमई पेले ल्यायो साथीभाइसँग सापटी माग्ने फिचर

काठमाडौं । मोबाइल भुक्तानी सेवाप्रदायक कम्पनी आईएमई पेले साथीभाइसँग पैसा सापटी माग्न सकिने फिचर सुरु गरेको छ । यससँगै आईएमई पेका प्रयोगकर्ताले मोबाइल एपबाटै साथी भाइसँग सापटीका लागि अनुरोध गर्न सक्ने भएका छन् ।

एपमा रहेको रिक्वेस्ट मनी फिचरमार्फत प्रयोगकर्ताले आईएमई पेकै एप प्रयोग गरिरहेका अन्य प्रयोगकर्तासँग सापटीका लागि अनुरोध गर्न सक्नेछन् । यसरी गरिएको अनुरोध सम्बन्धित प्रयोगकर्ताले एसेप्ट गरी पिन तथा पासवर्ड राखेर कन्फर्म गरेको खण्डमा वालेटमै रकम प्राप्त हुनेछ ।

यो फिचर आपत परेको समयमा सहयोगी हुने विश्वास आईएमई पेले व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०