close

२२ घण्टा ब्याट्री टिक्ने ल्यापटप असुस जेनबुक थर्टिन र फोर्टिन नेपालमा

टेकपाना टेकपाना

असोज १६, २०७७ १३:३

२२ घण्टा ब्याट्री टिक्ने ल्यापटप असुस जेनबुक थर्टिन र फोर्टिन नेपालमा

काठमाडौं । नागमणी इन्टरनेशनल प्रालिले असुसका दुई नयाँ ल्यापटप जेनबुक थर्टिन (युएक्स ३२५) र जेनबुक फोर्टिन (युएक्स ४२५) नेपाली बजारमा सार्वजनिक गरेको छ । असुसका यी दुवै ल्यापटपहरु आफ्ना पूर्ववर्ती ल्यापटपहरुको तुलनामा निकै हलुको र पातला छन् । 

यी ल्यापटपहरुमा कम्प्याक्ट फोर साइड नानो एज डिस्प्ले छ । जसले ९० प्रतिशत स्क्रिन टु बडी रेसियो प्रदान गर्दछ । साथै यसले प्रयोगकर्ताहरुलाई इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ ।

दुवै ल्यापटपमा असुस नम्बर प्याड २.० का साथै २२ घण्टाको ब्याट्री लाइफ र नयाँ एज टु एज किबोर्ड डिजाइन छ । असुस जेनबुकमा भएको आईआर क्यामेराको कारण यसको फेस रिकग्निसले एकदमै छिटो काम गर्छ ।

यसमा १० औं पुस्ताको इन्टेल कोर प्रोसेसर, आठ जीबीसम्मको र्‍याम र ५१२ जीबी एसएसडी स्टोरेज छ । यसमा रहेको वाईफाई सिक्सले ल्यापटपलाई छिटो तथा सजिलो पर्फमेन्सको लागि मद्दत गर्दछ ।

जेनबुकका यी दुई मोडेलमा प्रयोगकर्ताले विभिन्न किसिमका स्क्रिन साइजहरु प्राप्त गर्न सक्छन् । जेनबुक थर्टिन एकदमै हलुंगो रहेको छ भने यसको साइज पनि सानो छ ।

जुन यात्रा गरिरहनुपर्ने प्रयोगकर्ताहरुका लागि उपयुक्त छ । यस्तै जेनबुक फोर्टिनको स्क्रिन साइज एकदमै ठूलो छ ।

यी दुवै ल्यापटपहरुको मोटाई १३.९ एमएम रहेको छ भने यसको लुक्स एकदमै कम्प्याक्ट र सुन्दर छ । यसको च्यासिस सबै धातु मिसाएर बनाइएको छ । 

दुवै ल्यापटप ग्रे र ग्लसी सेड गरी दुई वटा कलर अप्सनमा उपलब्ध छन् । दुवै ल्यापटपमा जेन्युन विण्डोज टेन होम अपरेटिङ सिस्टम र इन्टेल यूएचडी ग्राफिक्स प्रयोग गरिएको छ । 

ब्लुटुथ ५.० प्रयोग गरिएका यी ल्यापटपमा थ्रीडी आईआर एचडी क्यामेरा राखिएको छ । यी दुवै ल्यापटपमा फूल साइज एचडीएमआई र यूएसबी टाइप ए पोर्ट, दुई वटा हाईस्पिड थण्डरबोल्ट थ्री यूएसबी-सी पोर्ट र एउटा माइक्रो एसडी कार्ड रिडर रहेका छन् । 

अहिलेका १३.३ इन्च तथा १४ इन्चका पातलो डिजाइन भएका कमै ल्यापटपहरुले मात्र आइ/ओ पोर्ट हुने गर्दछ । जुन यी ल्यापटपहरुमा रहेको छ । 

२ अक्टोबरदेखि देशभरका कम्प्युटर स्टोर तथा नागमणीको वेबसाइटमा यी ल्यापटपहरु उपलब्ध हुनेछन् ।  नेपालमा जेनबुक थर्टिनको मुल्य १ लाख ३२ हजार २२२ रुपैयाँ र जेनबुक फोर्टिनको मुल्य एक लाख २७ हजार ७७७ रुपैयाँ राखिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०