close

विज्ञान प्रविधि अनुसन्धानमा विश्वभरका विज्ञसहितको वेबनार हुँदै, यसरी बन्नुहोस् निःशुल्क सहभागी

टेकपाना टेकपाना

असोज १६, २०७७ १४:१७

विज्ञान प्रविधि अनुसन्धानमा विश्वभरका विज्ञसहितको वेबनार हुँदै, यसरी बन्नुहोस् निःशुल्क सहभागी

काठमाडौं । नेपाली प्रविधि कम्पनी माउन्टेक सोलुसनले ‘रिसर्च अपर्चुनिटी एण्ड स्कोप फर प्रस्पेक्टिभ स्ट्युडेन्ट्स’ विषयमा वेबनार तथा नेटवर्किङ सेसन आयोजना गर्ने भएको छ । शनिबार आयोजना हुने उक्त कार्यक्रम बेलुकी पाँचदेखि सात बजेसम्म चल्नेछ । 

अनौपचारिक रुपमा चल्ने यो कार्यक्रममा नेपाल तथा विदेशमा विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको सम्भावित अवसरको बारेमा छलफल केन्द्रीत हुनेछ । निःशुल्क रुपमा सहभागी हुन सकिने यो कार्यक्रममा भाग लिन यहाँ क्लिक गरी दर्ता गर्नुपर्नेछ । 

अनुसन्धानात्मक कार्य गर्न नेपालीहरुमा पर्याप्त क्षमता रहेको भए पनि यस क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा यो कार्यम्रम राम्रो मार्गदर्शन हुनसक्ने अपेक्षा गरिएको छ । नेटवर्किङ सेसनबाट अनुसन्धानको क्षेत्रमा लामो समयको अनुभव बटुलेका विश्वभरका अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तिहरुलाई एक ठाउँमा ल्याएर सिकाइ तथा अनुभव आदान प्रदान गर्ने कम्पनीको प्रमूख उद्देश्य रहेको छ । 

यो शत्रमा नेपालबाट अनुसन्धानमा करियर सुरु गरेर विदेशमा अवसर खोज्न जाँदा आइपर्ने अप्ठ्यारा अनुभवको रुपमा कार्यक्रम शेयर गरिनेछ । कार्यक्रममा टेकपाना डटकम मिडिया पार्टनरको रुपमा रहेको छ ।

सहभागीहरुले अष्ट्रेलिया, जर्मनी, स्विटजरल्याण्ड, वेलायत जस्ता विभिन्न मुलुकका अनुसन्धानात्मक संस्थाहरुमा एमफील, पीएचडी तथा पोस्टडक्टरेटका लागि सम्भावित अनुसन्धानात्मक अवसरहरुका बारेमा जानकारी लिन पाउनेछन् ।  

कार्यक्रममा सेन्ट्रल क्विन्सल्याण्ड विश्वविद्यालय अष्ट्रेलियाका पोस्ट डक्टरल अनुसन्धानकर्ता डा. यादव शर्मा बजगाई, डेकन विश्वद्यालय अष्ट्रेलियाका लेक्चरर डा.सुनिल आचार्य, सेन्ट्रल क्विन्सल्याण्ड विश्वविद्यालयका लेक्चरर डा. अर्जुन न्यौपाने र डीएचएलका डेटा वैज्ञानिक तथा ग्लोबल प्रोग्राम म्यानेजर अनुसन्धान वैज्ञानिक डा झलक पराजुली कार्यम्रमको प्यानलिस्टको रुपमा रहनेछन् ।

त्यस्तै  ईटीएच ज्युरिकका रणनीतिक व्यवस्थापन तथा अन्वेषणका अध्यक्ष तथा वरिष्ठ अनुसन्धानकर्ता डा. यशराज श्रेष्ठ, इम्पेरियल कम्प्युटर भिजन तथा लर्निङ ल्याबका पोस्ट डक्टरल रिसर्च एसोसिएट डा.विनोद भट्टराईले समेत आफ्नो प्रस्तुति दिनेछन् । 

माउन्टटेक सोलुसनले कोभिड १९ को महामारीबीच प्रत्येक शनिबार वेबनार कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यअघि पनि माउन्टेकले प्रविधिका विभिन्न विषयहरुमा वेबनारहरु सम्पन्न गरिसकेको छ । यसअघि भएका वेबनारहरुको रेकर्डिङ यहाँ क्लिक गरी सुन्न र हेर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०