close

पुराना म्याक कम्प्युटरमा नेटफ्लिक्सको फोरके भिडियो नचल्ने

टेकपाना टेकपाना

असोज १६, २०७७ २१:३२

पुराना म्याक कम्प्युटरमा नेटफ्लिक्सको फोरके भिडियो नचल्ने

काठमाडौं । एप्पलले नयाँ अपरेटिङ सिस्टम म्याक ओएस बिग सर सार्वजनिक गर्दैछ । यो नयाँ अपरेटिङ सिस्टम आइसकेपछि तपाईंले नेटफ्लिक्सको फोरके एचडीआर भिडियो सामग्रीहरु हेर्न सक्नुहुन्छ । 

तर नेटफ्लिक्सका यी सामग्रीहरुलाई सन् २०१८ पछिका नयाँ र एप्पलको टी टू सेक्युरिटी चिप भएका पछिल्ला म्याकबुकले मात्र सपोर्ट गर्ने नेटफ्लिक्स सपोर्ट डकुमेन्टमा बताइएको छ ।

आई म्याक (२०२०), आइम्याक प्रो, म्याक प्रो (२०१९), म्याक मिनी (२०१८), म्याक बुक एयर (२०१८ र पछि), म्याक बुक प्रो (२०१८ र पछि) का डिभाइसले मात्र नेटफ्लिक्सका फोरके कन्टेन्टलाई सपोर्ट गर्नेछन् । 

तपाईंले प्रयोग गरिरहेको म्याकमा टी टू चिप छ कि छैन यहाँ क्लिक गरेर चेक गर्न सक्नुहुनेछ । पुराना आई म्याक तथा सन् २०१८ अगाडिका म्याक ल्यापटपहरुबाट नेटफ्लिक्सको फोरके भिडियो सामग्री हेर्न सकिने कुरा सैद्धान्तिक रुपमा उल्लेख छ । 

तर सेक्युरिटी चिपका कारण यसको ब्युल्ट इन डिस्प्ले वा फोरके, फाइभके मोनिटरबाट पनि  नेटफ्लिक्सका फोरके सामग्री हेर्न नसकिने बताइएको छ । तर टी टू सेक्युरिटी चिप यसका लागि किन अत्यावश्यक छ भन्ने विषयमा न त नेटफ्लिक्स न त एप्पल, दुवैले कुनै जवाफ दिएका छैनन् ।  

तर टी टु चिपले को-प्रोसेसरको भूमिका निर्वाह गर्नसक्ने भएका कारण यसले फोरके कन्टेन्टलाई राम्रोसँग ह्याण्डल गर्नसक्ने हुँदा यसको आवश्यकता रहेको आंकलन गरिएको छ । 

टी टू चिपमा ब्युल्ट इन भिडियो प्रोसेसिङ पावर रहेको छ । जसले चर्चित एचईभीसी कोडेकलाई समेत सपोर्ट प्रदान गर्दछ । म्याकले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार टी टु चिपले ट्रान्सकोडिङ एचईभीसी भिडियोलाई अघिल्लो पुस्ताको भन्दा दुई गुणा छिटो बनाउन सक्छ । 

नेटफ्लिक्सको फोरके भिडियो हेर्न निश्चित पूर्वशर्त म्याक प्रयोगकर्ताले मात्रै पुरा गर्नुपर्ने छैन । विण्डोजमा तपाईंसँग विण्डोज टेन हुन आवश्यक पर्नेछ भने माइक्रोसफ्ट एज तथा नेटफ्लिक्स एपको प्रयोग गर्नुपर्नेछ । सँगसँगै फोरकेका लागि सक्षम डस्प्ले र शक्तिशाली सीपीयू र जीपीयू समेत हुन आवश्यक छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०