close

क्यूआरबाटै ह्याक हुनसक्छ तपाईंको ह्वाट्सएप, जोगाउने कसरी ?

टेकपाना टेकपाना

असोज १६, २०७७ २२:४५

क्यूआरबाटै ह्याक हुनसक्छ तपाईंको ह्वाट्सएप, जोगाउने कसरी ?

काठमाडौं । कतिपय समयमा प्रयोगकर्ताहरु कम्प्युटरमा काम गरिरहँदा फोनलाई टाढै राख्न चाहन्छन् । तर ह्वाट्सएपमा भने एक्सेस बनाइराख्ने आवश्यकता पनि हुन्छ ।

यसका लागि ह्वाट्सएपको वेब तथा डेक्सटप भर्सन प्रयोग गरिरहेका हुन्छन् । ह्वाट्सएपको सेटिङमा गएर फोनसँगै अन्य डिभाइसमा समेत ह्वाट्सएप सजिलै लगइन गर्न सकिन्छ ।

तर ह्वाट्सएपको यही फिचरका कारण कतिपय समयमा ह्वाट्सएप ह्याक समेत हुनसक्छ । ह्याकै नभए पनि तपाईंको ह्वाट्सएप खोलेर तपाईंका निजी म्यासेज कसैले पढ्न सक्छ ।

क्यूआर कोडबाट ह्या हुनसक्छ ह्वाट्सएप

ह्वाट्सएपको सेटिङमा ह्वाट्सएपमा रहेको वेब तथा डेक्सटपको अप्सनमार्फत फोनको अलावा अरु कुन डिभाइसमा ह्वाट्सएप चलिरहेको भन्ने कुरा थाहा पाउनु सकिन्छ । यदि आफ्नो फोन बाहेक अन्यत्र लगइन गर्नु भएको छैन, तर ह्वाट्सएप वेब ओपन छ भने यसको अर्थ तपाईंको ह्वाट्सएप कसैले खोलिराखेको छ वा ह्याक गरेको छ भन्ने बुझ्नुपर्ने हुन्छ । के हो क्यूआर कोड ? ः ह्वाट्सएपको सेटिङमा एउटा अप्सन हुन्छ, जसको सहयोगमा तपाईं ह्वाट्सएपलाई ल्यापटप, कम्प्युटर वा ट्याबलेटमा खोल्न सक्नुहुन्छ । यद्यपी एउटा फोनमा रहेको ह्वाट्सएप अर्को फोनमा चलाउन भने सकिँदैन । कुनै अन्य डिभाइसमा ह्वाट्सएप चलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।

कसरी सुरक्षित राख्ने क्यूआर कोड ?

सबैभन्दा ध्यानमा राख्नुपर्ने महत्वपूर्ण कुरा के छ भने आफ्नो मोबाइल अरु कसैलाई नदिनुहोस् । बेलाबखत ह्वाट्सएपको सेटिङ जाँच गर्ने बानी बसाल्नुहोस् ता कि तपाईंको ह्वाट्सएप अरु कुनै कम्प्युटर वा ल्यापटपमा खुलेको त छैन भन्ने कुरा यकिन गर्न सकयोस् । यदि अन्य कुनै डिभाइसमा तपाईंको ह्वाट्सएप चलिरहेको छ भने ह्वाट्सएपको सेटिङमा रहेको वेब तथा डेक्सटप अप्सनभित्र गएर लगआउट फ्रम अल डिभाइसमा दबाउनुहोस् ।

ह्याक हुनबाट जोगाउने कसरी ?

ह्वाट्सएपको सेटिङ हुँदै अकाउन्टमा जानुहोस् र टु स्टेप भेरिफिकेसनमा दबाउनुहोस् । त्यसमा रहेको इनेबलमा ट्याप गरेपछि ६ अंकको भेरिफिकेसन कोड राख्न सक्नुहुनेछ । जब तपाईं रजिस्टर भएको मोबाइल नम्बरबाट जब तपाईं ह्वाट्सएपमा दोस्रो पटक लग इन गर्नुहुन्छ, तब तपाईंलाई यो भेरिफिकेसन कोड आवश्यक पर्नेछ ।

यो कोड राख्नका लागि इमेल आईडी समेत सोधिन्छ । ता कि तपाईं कहिलेकाहिँ ६ अंकको भेरिफिकेसन कोड बिर्सिनुभयो भने इमेलको माध्यमबाट त्यसलाई रिसेट गर्न सक्नुहोस् ।

यदि तपाईं ल्यापटप वा अन्य कुनै डिभाइसमा ह्वाट्सएप लगइन गर्नुहुन्छ भने प्रयोग गरिसकेपछि सधैं लगआउट गर्ने बानी बसाल्नुहोस् । आफ्नो फोन कहिँ नछोड्नुहोस् ता कि कसैले त्यसको क्यूआर कोड स्क्यान गर्न नसकोस् ।

आफ्नो फोन र एपलाई लक गरेर राख्नुहोस् ता कि अरु कसैले तपाईंको फोनमा रहेका एपमा एक्सेस गर्न नसकुन् । आफ्नो फोनलाई कुनै अपरिचित वाईफाईमा कनेक्ट नगराउनुहोस् । कयौं समय ह्याकरेले युनिक म्याक एड्रेस प्रयोग गरेर तपाईंको ह्वाट्सएपको च्याटमा एक्सेस बनाउन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०