close

यस्तो थियो पानी नपस्ने पहिलो स्मार्टफोन

टेकपाना टेकपाना

असोज १७, २०७७ ८:२२

यस्तो थियो पानी नपस्ने पहिलो स्मार्टफोन

प्रतिकात्मक तस्वीर

काठमाडौं । तपाईंले प्रयोग गर्ने फोन वाटर रेसिस्टेन्ट छ कि छैन ?  अधिकांश फोनहरु अहिले पनि पानीमा भिज्दा बिग्रिने गर्छन् ।  तर वाटर रेसिस्टेन्स फोन दश वर्ष अघि २०१० मा नै बनिसकेको थियो । 

पानीबाट प्रभावित नहुने मोटोरोला डिफाई फोन मोटोरोला कम्पनीले बनाएको थियो । मोटोरोला डिफाई त्यस बेलाको फोन हो, जतिखेर फोन निर्माणकर्ता कम्पनीहरुले कुनै ट्रेण्ड फलो गर्ने भन्दा पनि अत्यन्तै आवश्यकता फिचरहरु राख्ने गर्दथे । 

मोटोरोला डिफाई फोन अहिलेको प्रिमियम मोडल फोन जस्तो थिएन । तर यो फोनले दैनिकी अवरोधहरुलाई भने राम्रोसँग प्रतिरक्षा गर्न सक्दथ्यो । यो फोनको लुक्सको कुरा गर्दा यसमा ८५४ बाई ४८० पिक्सेलको ३.७ इन्चको टीएफटी डिस्प्ले थियो ।

तस्वीरः मोटोरोला

यसको लम्बाई १०७ एमएम र मोटाइ १३ एमएम रहेको थियो । यसको डिस्प्लेमा पनि गोरिल्ला ग्लास कोटिङ रहेको थियो । जसले फोनलाई स्क्रयाचबाट जोगाउने गर्छ । 

पर्फमेन्सको कुरा गर्दा मोटोरोला डिफाई आफ्नो समयको योग्य फोन थियो । यसमा ५१२ एमबीको र्‍याम र ओएमएपी चिपसेट रहेको थियो ।  

यसमा गुगलको बुर्जुवा एन्ड्रोइड २.१ अपरेटिङ सिस्टम थियो । यो फोन अहिलेको जस्तो फास्ट त थिएन । तर त्यसबेला युट्युक क्लिप हेर्न र गूगल म्याप हेर्न, वेब ब्राउज गर्नका लागि सजिलै थियो ।

यो फोनको ट्रम्प कार्ड भनेको यसको आईपी ६७ रेटिङ हो । यसको अर्थ यो फोनलाई एक मिटर पानीभित्र आधा घण्टासम्म डुबाएर राख्दा समेत कुनै असर पर्दैन । 

यो रेटिङ प्राप्त गर्न फोनमा केही आश्चर्यजनक व्यवहारिक समाधानका उपायहरु प्रयोग गरिएको थियो । फोनको बडी प्लास्टिकको थियो भने यसको यूएसबी पोर्ट र हेडफोन ज्याकलाई रबर प्लग सहित सिल गरिएको थियो । 

तर यदि फोनको ज्याकमा प्लग फिट भएन भने यसले फोनलाई पानीबाट बचाउन सक्दैनथ्यो । यसकारण यो फुल वाटरप्रुफ भने थिएन । 

फोनको सिम स्लट, एसडी कार्ड स्लट र रिमूभेबल ब्याट्रीलाई भने ब्याकप्लेटले सुरक्षित तरिकाले सिल गरेर राखेको थियो । यसमा मोइस्चर र धुलो पनि राम्रोसँग छिर्न सक्दैन थ्यो । 

यो फोन साधारण थियो । तर त्यसबेलाका अन्य एन्ड्रोइड डिभाइसले गर्न नसक्ने काम यो फोनले गरेको थियो । यो एउटा रग फोन थियो ।

बजारमा यो फोन आइसकेपछि अन्य एन्ड्रोइड फोन म्यानुफ्याक्चर कम्पनीहरुले आफ्नै किसिमका विशेषता सहितका फोनहरु निर्माण गरेका थिए । 

सन् २०११ मा सोनी एरिक्सनले एक्सपेरिया एक्टिभ फोन सार्वजनिक गरेको थियो । त्यसै बेला सामसङले पनि एक्स कभर सिरिज सार्वजनिक गरेको थियो । 

तर अन्य कम्पनीलाई मोटोरोलाको जस्तै वाटर रेसिस्टेन्ट फोन ल्याउन भने केही समय लाग्यो । सोनीले एक्सपेरिया जेड सन् २०१३ मा ल्यायो भने सामसङले ग्यालेक्सी एस फाइभ सन् २०१५ मा ल्यायो ।

यस्तै एप्पल र गूगलले पनि क्रमशः आइफोन सेभेन र पिक्सल टुमा क्रमशः २०१६ र २०१७ मा आईपी ६७ रेटिङ पाए । पछिल्लो समय वाटरप्रुफ फोनमा पहिले जस्तो रबर प्लग प्रविधि प्रयोग हुँदैन ।

अहिले यो प्रविधि निकै नै अत्याधुनिक बन्दै गइरहेको छ । अहिले फोनमा प्रयोग हुने आधुनिक ग्लासमा कम्पनीहरुले एडिसियस, इन्टरनल ग्रोमेट्स र कोटिङ प्रयोग गर्छन् । जसले पुरानो कमजोर प्रविधिलाई विस्थापन गरिसकेको छ । 

 आजभोलिका सबै जसो फ्ल्यागशिप फोनहरु वाटरप्रुफ हुने गर्दछन् । तर स्मार्टफोनहरुमा भइरहेको नयाँ डिजाइन प्रयोगसँगै वाटरप्रुफ प्रविधि फोनमा ल्याउन कम्पनीहरुका लागि एउटा चुनौतीको विषय बन्दै गइरहेको छ ।

मल्टिपल स्क्रिन, फोल्डिङ बडी र क्रेजी ट्वीस्ट डिजाइन भएका नयाँ फोनहरुको हिङ्ग र फोल्डमा धुलो तथा पानी छिर्न नदिनु कम्पनीहरुका लागि अर्को चुनौती बनेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०