close

सानातिना टुटफुट आफैं ठिक हुने फोल्डेबल फोन बनाउँदै एप्पल !

टेकपाना टेकपाना

असोज १७, २०७७ १०:१२

सानातिना टुटफुट आफैं ठिक हुने फोल्डेबल फोन बनाउँदै एप्पल !

काठमाडौं । प्रविधि कम्पनी एप्पल आफ्नो शक्तिशाली आईफोन र त्यसमा पाइने अद्भुत फिचरका लागि लोकप्रिय छ । अब कम्पनीले सामसङ, ह्वावे, मोटोरोला जस्ता कम्पनीलाई चुनौती दिनका लागि फोल्डेबल फोन ल्याउने तयारी गरेको छ ।

एक रिपोर्टअनुसार एप्पल सेल्फ हिलिङ डिस्प्ले भएको फोल्डेबल आईफोनमा काम गरिरहेको छ । यो कति नवीनतम् हुनेछ भन्ने कुराको अन्दाज लगाउन सकिन्छ। यसको डिस्प्लेमा आउने साना तिना टुटफुट तथा स्क्र्याच आफै मेटिएर जानेछन् ।

एप्पल इन्साइडरका अनुसार कम्पनीले ‘इलेक्ट्रोनिक डिभाइस विथ फ्लेक्जिबल डिस्प्ले कभर लेयर्स’ नाममा एउटा पेटेन्ट दर्ता गराएको छ । जुन टुटफुटलाई कम गर्न तरिका तथा स्क्र्याच आउँदा आफै निको हुने प्रविधिसँग सम्बन्धित छ ।

तस्वीरः एप्पल

यसै आधारमा एप्पल सेल्फ हिलिङ डिस्प्ले प्रविधि प्रयोग गर्नेतर्फ काम गरिरहेको संकेत प्राप्त हुन्छ । एप्पलको पेटेन्ट निवेदन अनुसार यो फोल्डेबल फोनमा एक हिंज हुनेछ ।

जसले डिभाइसलाई बेन्ड एक्सिसबाट मोडिने अनुमति दिने गर्दछ । बेन्ड एक्सिसको माथि पनि डिस्प्ले हुनेछ । यो बेन्ड एक्सिसबाट कुनै नोक्सानी बिना मोडिन सकोस् भनेर डिस्प्लेमाथि लचिलो हिस्सा युक्त तह राखिने बताइएको छ ।

यद्यपी सेल्फ हिलिङ डिस्प्ले फिचर फोल्डेबल आईफोनको पहिलो पुस्तामा समावेश गरिने छैन । किन भने एप्पलले सामसङलाई डिस्प्लेको नमुना उपलब्ध गराउनका लागि यस अघि नै अर्डर दिइसकेको छ ।

आईस युनिभर्सको दाबी अनुसार एप्पलले ती नमुना युनिटको परीक्षण गरिसकेको छ र सामसङको फोल्डेबल डिस्प्लेको नयाँ लटका लागि अर्डर दिइसकेको छ । रिपोर्टमा बताइए अनुसार यो तथ्यलाई ख्याल राख्ने हो भने सामसङ यस क्षेत्रको अग्रणी कम्पनी हो र दुवै ब्राण्डहरुबीच सुमधुर व्यापारिक सम्बन्ध रहेको देख्न सकिन्छ ।

एप्पल फोल्डेबल डिस्प्ले आपूर्तिका लागि सामसङमाथि भर पर्नुबाटै यो अन्दाज लगाउन सकिन्छ । सामसङ मागअनुसार एक वर्षमा एक करोड युनिट फोल्डेबल स्क्रिनको उत्पादनको तयारी गरिरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०