close

नेपाल–भारत फ्रेन्चाइज सम्मेलन भर्चुअल रुपमा आयोजना हुने

टेकपाना टेकपाना

असोज १९, २०७७ ७:५

नेपाल–भारत फ्रेन्चाइज सम्मेलन भर्चुअल रुपमा आयोजना हुने

काठमाडौं । दोस्रो नेपाल–भारत फ्रेन्चाइज प्रर्दशनी, अवार्ड तथा सम्मेलन यही असोज ३० देखि सुरु हुने भएको छ । नेपाली र भारतीय ब्राण्ड तथा आगन्तुकलाई एकै मञ्चमा जुटाई एकअर्का बीच लगानी, प्रविधि एवं व्यावसायिक मोडल आकर्षित गर्ने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रम पहिलो पटक भर्चुअल माध्ययमबाट हुने भएको हो ।

कार्यक्रम कात्तिक दुई गतेसम्म आयोजना हुनेछ । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइजको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गर्न लागेको हो । कार्यक्रममार्फत नेपाल तथा भारतका प्रशिद्ध ब्राण्डहरू र अवलोकनकर्तालाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् ।

साथै सम्मेलनलाई दुई हजार भन्दा बढी योग्य लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशिप तथा अनुमतिपत्र लगायतमा व्यावसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०