२०७९, २४ श्रावण मंगलबार   |  
Tuesday 9th August 2022

कोरोनाबाट ट्रम्पको मृत्युको कामना गर्नेको बाढी, हटाउने फेसबुक र ट्वीटरको प्रतिवद्धता

Wishing Trump's death from COVID-19 not allowed on Facebook, Twitter

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएपछि अहिले उनको मृत्युको कामना गर्ने किसिमका पोस्ट तथा कमेन्टहरुले सामाजिक सञ्जालका भित्ताहरु भरिएका छन् । तर सोसल मिडिया कम्पनीहरुले त्यस किसिमका पोस्टलाई अब आफ्नो प्लेटफर्ममा राख्न नदिने बताएका छन् । 

गत बिहीबार राष्ट्रपति ट्रम्पले आफू र प्रथम महिला मेलनिया ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको बताएपछि धेरै मानिसहरुले सामाजिक सञ्जालहरुमा खुल्लारुपमा उनको मृत्युको कामना गरेका थिए । 

फेसबुकका प्रवक्ताले शुक्रबार त्यस प्रकारका पोस्टले आफ्नो प्लेटफर्मको प्रयोगकर्ता नीतिलाई उल्लंघन गरेका कारण त्यसलाई हटाइने बताए ।

‘राष्ट्रपतिको पोस्ट तथा पेजमा कमेन्टको रुपमा तथा फेसबुकमा उनलाई ट्याग गर्दै  मृत्युको कामना गरिएका कमेन्ट तथा पोस्टलाई फेसबुकले हटाउने कुरा स्पष्ट पार्न चाहन्छौं,’ फेसबुकका प्रवकर्ता लिज बोर्गिजले ट्वीट गर्दै भनेका छन् । 

यस्तै ट्वीटरपले पनि शुक्रबार राति कसैको गम्भीर रोग र मृत्यु चाहने किसिमका पोस्टलाई हटाउने बताएको छ । तर कम्पनीले पोस्ट वा अकाउन्टलाई निलम्बन भने गर्ने छैन ।

ट्वीटरमा आइरहेका आपत्तिजनक तथा घृणास्पद पोस्टहरुलाई तत्काल प्रतिक्रिया दिन नसकेको भन्दै आलोचकहरुले उक्त सामाजिक सञ्जालमाथि आलोचनात्मक टिप्पणी गरेका थिए । 

डेमोक्रेटका चार महिला संसादले पनि ट्वीटरको आलोचना गरेका थिए । 

सिनेटबाट ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team