close

नेपाल प्रहरीलाई यूएनओपीएसले दियो २१४ कम्प्युटर

टेकपाना टेकपाना

असोज १९, २०७७ १४:३३

नेपाल प्रहरीलाई यूएनओपीएसले दियो २१४ कम्प्युटर

काठमाडौं । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्स सर्भिस (यूएनओपीएस) ले यूके एडको सहयोगमा नेपाल प्रहरीलाई दुई सय १४ थान कम्प्युटर उपलब्ध गराएको छ । मोडर्नाइजेसन एन्ड इम्प्रुभमेन्ट अफ पोलिसिङ प्रोजेक्ट (एमआईपीपी) परियोजना मार्तफत प्रहरीलाई ती कम्प्युटर दिइएको हो ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच यूएनओपीएस नेपालका कन्ट्री डाइरेक्टर चार्ल्स कल्लाननले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

प्राप्त कम्प्युटर आवश्यकता अनुसार महिला बालबालिका तथा जेष्ठ नागिरक निर्देशनालय लगायत नेपाल प्रहरीका विभिन्न ईकाईहरुको काममा प्रयोग गरिने नेपाल प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०