close

प्रिन्टिङको अनलाइन सेवा दिँदै सस्तो प्रिन्ट

टेकपाना टेकपाना

असोज १९, २०७७ १७:१५

प्रिन्टिङको अनलाइन सेवा दिँदै सस्तो प्रिन्ट

काठमाडौं । इगलिन टेक्नोलोजी प्रालिले अनलाइन प्रिन्टिङ ई-कमर्स बजारमा ल्याएको छ । वेब टेक्नोलोजीलाई एकीकृत गरेर स्टार्टअप कम्पनीले सस्तोप्रिन्ट सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यसबाट कुनै पनि व्यक्ति, साना व्यवसाय र कर्पोरेट हाउसले आवश्यकता अनुसार प्रिन्टिङको अर्डर गर्नुका साथै डेलिभर गर्न सजिलो भएको छ । परम्परागत प्रिन्टिङ प्रक्रियाले अलमल मात्रै गराउने नभएर भद्दा र समयको हिसावले समेत झन्झटिलो हुने गर्दछ ।

यस्तै समस्यालाई मध्येनजर गर्दै सस्तोप्रिन्टले पारदर्शी र उचित ग्राहक सेवाका साथ गुणस्तरीय रुपमा व्यवसायिक प्रिन्टिङ खरीद गर्न सजिलो बनाएको छ । कम्पनीले कार्ड, ब्रोसर तथा फ्लायर, टी-शर्ट, पोस्टर, ब्यानर र कर्पोरेट सामग्री प्रिन्टिङको सुविधा दिनेछ ।

कम्पनीहरूले विभिन्न स्थानबाट आफ्नै माइक्रोसाइट अकाउन्ट खोलेर फरक प्रिन्टिङको अर्डर दिन सक्नेछन् । कम्पनीका अध्यक्ष उत्सव फुयालले सस्तो प्रिन्टको सेवाले आम व्यवसाय र ग्राहकहरुको माझमा आफ्नो आवश्यकता अनुसार रोजेर प्रिन्ट गर्न सजिलो बनाएको बताए ।

‘यसबाट कम्पनीहरुले आफ्नो ब्राण्डिङलाई समेत नयाँ उचाईमा लैजान सक्नेछन्,’ उनले भने । कम्पनीको वेबसाइटबाट ग्राहकले आफ्नो डिजाइन अपलोड गरेर कस्टमाइज गर्न, कलरको प्राथमिकता तथा कागजको गुणस्तर रोज्न सक्नेछन् । साथै अर्डरका लागि अनलाइनबाटै भुक्तानीको व्यवस्था समेत मिलाइएको छ ।

सस्तो प्रिन्टले हाल उपत्यकाभित्रका लागि डेलिभरी सुविधा दिइरहेको छ । राजधानी बाहिर भने कुरियर मार्फत सामान पुर्‍याउने व्यवस्था मिलाइएको फुयाँलले जानकारी दिए ।

अरुले दिने भन्दा आफ्नो सेवा सस्तो एवम् गुणस्तरीय रहेको दाबी गर्दै उनले सेवाग्राहीले वेबसाइटमा रहेका टेम्प्लेट प्रयोग गरेर आफैं डिजाइन तयार पार्न सक्ने बताए । उनले अगाडि भने, ‘सस्तोको नाममा हामी गुणस्तरमा सम्झौता गर्ने पक्षमा पनि छैनौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०