close

‘द सोसल डिलेमा’ प्रति फेसबुकको आपत्ति

टेकपाना टेकपाना

असोज २०, २०७७ १०:८

‘द सोसल डिलेमा’ प्रति फेसबुकको आपत्ति

काठमाडौं । नेटफ्लिक्समा पछिल्लो केही समय यता एउटा डकुमेन्ट्री खुब रुचाइएको छ । तर सामाजिक सञ्जाल फेसबुकले भने ‘द सोसल डिलेमा’ नाममक यो डकुमेन्ट्रीमाथि आपत्ति जनाएको छ ।

उसले डकुमेन्ट्रीमा कन्टेन्ट तोडमोड गरेर प्रस्तुत गरिएको आरोप लगाएको छ । सबै विषयवस्तुलाई सनसनीपूर्ण रुपमा प्रस्तुत गरिएको भन्दै फेसबुकले यसबाट प्रयोगकर्तामा गलत जानकारी फैलाएको उल्लेख गरेको छ ।

डकुमेन्ट्रीमा सामाजिक सञ्जाल प्लेटफर्मले प्रयोगकर्तालाई केवल एउटा वस्तुको रुपमा व्यवहार गर्ने गरेको देखाइएको छ । फेसबुकले डकुमेन्ट्रीको आलोचना गर्दै भनेको छ कि यसले सोसल मिडिया प्लेटफर्मको विषयवस्तुलाई तोडमोड गरी प्रस्तुत गरेको छ र यसले जटिल सामाजिक समस्याको सन्दर्भसँग जोडेर सामाजिक सञ्जाललाई बलिको बोका बनाएको छ ।

‘द सोसल डिलेमा’ले मानिसहरुमा सोसल नेटवर्किङको खतरनाक प्रभावलाई देखाएर सबैको ध्यान आफूतिर आकर्षित गर्न सफल भएको छ । फेसबुकले भनेको छ, ‘यो मोडलले साना व्यवसाय र उद्यमीलाई नयाँ ग्राहक खोज्न र ठूला ब्राण्डसँग प्रतिस्पर्धा गर्ने कार्यमा सघाइरहेको छ ।

तपाईंले त्यस्ता विज्ञापन देखे पनि उनीहरुलाई तपाईंको पहिचानको बारेमा जानकारी पुग्दैन । गत महिना मात्रै ‘जेफ ओर्लोवव्स्कीको डकुमेन्ट्री ‘द सोसल डिलेमा’ नेटफ्लिक्समा रिलिज भएको थियो ।

जसमा सामाजिक सञ्जाल प्लेटफर्मले गैरकानूनी रुपमा आफ्नो शक्तीको प्रयोग गरिरहेको र गलत जानकारी दिएर समाजलाई विभाजन गरिरहेको सन्देश दिइएको छ ।

तर फेसबुकले व्यवसायीहरुलाई प्रयोगकर्ताको संवेदनशील जानकारी पठाउने कार्यलाई रोक्ने आफ्नो नीति भएको बताएको छ । जसमा प्रयोगकर्ताको स्वास्थ्य सम्बन्धी सूचना समेत रहेका छन् ।

नेटफ्लिक्सले भने फेसबुकको भनाईलाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपी बहुराष्ट्रिय आईटी कम्पनीबीच कन्टेन्टको विषयबाट सुरु भएको आलोचनाको संघर्ष चर्किने संभावना देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०