close

सर्च इन्जिन ‘बिङ’ अब ‘माइक्रोसफ्ट बिङ’ को नामले चिनिने

टेकपाना टेकपाना

असोज २०, २०७७ १४:३८

सर्च इन्जिन ‘बिङ’ अब ‘माइक्रोसफ्ट बिङ’ को नामले चिनिने

काठमाडौं । माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन ‘बिङ’ लाई ‘माइक्रोसफ्ट बिङ’ को रि–ब्राण्डिङ सुरु गरेको छ ।

हालसम्म प्रयोगकर्ताले उक्त सर्च इन्जिनलाई बिङ नै भन्दै आएको भएपनि कम्पनीले अब यसलाई माइक्रोसफ्ट बिङको रुपमा रुपान्तरण गर्ने बताएको छ ।

कम्पनीले बिङले बनाएको ब्राण्डको अगाडि माइक्रोसफ्ट किन जोडियो भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

कम्पनीले जारी गरेको प्रेस नाेटमा भनिएको छ, ‘प्रयोगकर्ताले सर्च गर्ने अनुभवलाई हामी माइक्रोसफ्टको एउटै परिवारसँग जोड्न चाहन्छौं ।’

रिब्राण्डिङ गरिएको नयाँ डिजाइनको सर्च इन्जिनमा बिङको नयाँ अपडेटेड लोगो प्रयोग गरिएको छ । साथै सर्च इन्जिनको होम पेजमा माइक्रोसफ्ट बिङको लोगो हुनेछ ।

हाल दुईवटै लोगो प्रयोग गरिएको छ । बिङको लोगोलाई हटाएर पूर्णरुपमा माइक्रोसफ्ट बिङको लोगो प्रयोगमा आउने/नआउने भन्ने विषयमा पनि कम्पनीले कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०