close

ओपन सोर्समा प्रोत्साहनका लागि अनलाइन मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

असोज २०, २०७७ १३:३५

ओपन सोर्समा प्रोत्साहनका लागि अनलाइन मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । डिजिटल ओसियनले आगामी असोज २४ गते ‘सगरमाथा ह्याकटुबरफेस्ट’ नामक एक अनलाइन मिटअप आयोजना गर्ने भएकाे छ । विश्वव्यापी रूपमा मनाइने याे ओपनसोर्स फेस्टिभल अन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम सञ्चालन हुँदै छन् ।

‘सगरमाथा ह्याकटुबरफेस्ट’ मा ओपन सोर्सका विभिन्न विषयहरुमा विज्ञहरुबीच छलफल हुनेछ भने नेपाली ओपनसोर्स प्रोजेक्टहरुको प्रदर्शन समेत गरिने छ ।

यसअन्तर्गत कार्यक्रममा गिट र गिटहबकाे वर्कसप दिइने र ओपन सोर्सलाई प्रवर्द्धन गरिने जानकारी आयोजक समितिका पुजन थापाले दिए ।  

ह्याकटुबरफेस्ट एउटा अन्तराष्ट्रिय कार्यक्रम हो । यसलाई नेपालमा विभिन्न टेक कम्युनिटीले वर्षैपिच्छे अक्टोबर महिनामा आयोजना गर्दै आइरहेका छन् ।

अक्टोबर महिनाभर चल्ने यो इभेन्ट यसअघि नेपालका केही कम्युनिटीहरुले आयोजना गरिसकेका छन् ।

कार्यक्रममा १८ वर्षभन्दा माथिका प्राविधिक पृष्ठभूमि भएका विद्यार्थी तथा व्यवसायिक व्यक्ति नि:शुल्क सहभागी हुन सक्नेछन् ।

सहभागिताका लागि यस लिङ्कमा गएर दर्ता गर्नु पर्नेछ । 

के हो ओपन सोर्स सफ्टवेयर ?

हामीले प्रयोग गर्ने सफ्टवेयरहरु कुनै कम्पनीको स्वामित्वमा हुन्छन् र त्यसलाई प्रयोग गर्न हामी भुक्तानी गर्ने गर्छौं । उदाहरणका लागि माइक्रोसफ्ट ।

तर कुनै कुनै सफ्टवेयरहरु हामी नि:शुल्क प्रयोग गरिरहेका हुन्छौं र कुनै प्रोजेक्ट नि:शुल्क सञ्चालन भइरहेका हुन्छन् ।

त्यस्ता प्रोजेक्टमा धेरै मानिसहरुले योगदान गर्दै नयाँ भर्सन अद्यावधिक गरिरहेका हुन्छन् । जस्तै गिट हब  सफ्टवेयर त्यस्तै ओपन सोर्स सफ्टवेयर हो । पाइथन प्रोग्रामिङ ल्याङग्वेज पनि यस्तै ओपन सोर्स ल्याङग्वेज हो ।

यस्तै किसिमका ओपन सोर्सलाई योगदान दिनलाई विश्वव्यापी रूपमा ह्याकटुबरफेस्ट आयोजना गरिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०