close

इन्स्टाग्रामको १० वर्ष पुरा, प्रयोगकर्ता लोभ्याउन ल्यायो यस्ता नयाँ फिचर

टेकपाना टेकपाना

असोज २०, २०७७ १६:८

इन्स्टाग्रामको १० वर्ष पुरा, प्रयोगकर्ता लोभ्याउन ल्यायो यस्ता नयाँ फिचर

काठमाडौं । लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्राम आज १० वर्ष पुगेको छ । यसबीच इन्स्टाग्रामले धेरै नयाँ फिचरहरू सार्वजनिक गरेको छ । जसमा ‘स्टोरी म्याप’ पनि एउटा यस्तै रोचक फिचर हो । यसले तीन वर्ष अगाडिसम्म तपाईंले शेयर गरेका स्टोरीहरुको झलक प्रदान गर्दछ । 

कम्पनीले केही समयअघि यसमा आइजीटीभी सपिङ अपडेट पनि ल्याएको थियो । आफ्नो होम स्क्रिनलाई रिडिजाइन गर्न चाहनेहरुका लागि इन्स्टाग्रामले कस्टम एप आइन सेलेक्सनको सुविधा पनि प्रदान गर्दछ । 

इन्स्टाको यो आइकन उसको कोड डेभलपमेन्टकै समयमा देखा परेको थियो र कम्पनीले आफ्नो दशौं जन्मोत्सवमा यसलाई सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । जसलाई कम्पनीले पुरा गरेको छ । 

यो नयाँ अपडेटपछि इन्स्टाग्राम प्रयोगकर्ताहरुले आईओएस र एन्ड्रोइड दुवैमा पहेँलो, हरियो, बैजनी, सुन्तला, सेतो, कालो र अन्य धेरै कलर सेडमा धेरै आइकनहरुको विकल्प प्रदान गरेको छ ।

तपाईंलाई नोस्टाल्जिक अनुभूति प्रदान गर्न यसमा इन्द्रेणी रंगको प्राइड आइकन र क्लासिक आइकनका अन्य धेरै भर्सनहरु छन् ।

यो न्यु स्टोरी म्याप फिचरले प्राइभेट म्याप र विगत तीन वर्षदेखि तपाईंले शेयर गरेका इन्स्टाग्राम स्टोरीहरुको क्यालेन्डर पनि ल्याएको छ ।

यसबाट तपाईंले आफ्नो रमाइलो विगतलाई फर्केर हेर्न सक्नुहुन्छ । फेसबुकको सर्भरबाट मेरो तस्वीर हटिसकेको होला भनेर सोच्ने इन्स्टाग्राम प्रयोगकर्ताहरु यसबाट आश्चर्यमा पर्न सक्छन् ।

इन्स्टाले तपाईंको पुरानो स्टोरीलाई बिउँझाएर नयाँ फिचर बनाएको यो पहिलो पटक होइन ।

यसअघि २०१७ मा कम्पनीले ‘स्टोरी हाईलाइट्स’ सार्वजनिक गरेको थियो । यसले प्रयोगकर्ताहरुलाई आफ्नो डिलिट हुने फाइललाई भण्डारण गर्ने ठाउँ उपलब्ध गराएको छ । 

इन्स्टाग्रामले अन्य दुई फिचरलाई भने अक्टोबरमा सुरु हुने नेश्नल बुलिङ प्रिभेन्सन मन्थको सुरुवातसँगै सार्वजनिक गर्ने समय तालिका निर्धारण गरेको थियो ।

पहिलो फिचर परीक्षणको रुपमा सुरु हुनेछ, जसले एकैप्रकारको कमेन्टलाई अटोमेटिकल्ली लुकाउने छ ।

तर यसलाई ‘भिजिबल हिडन कमेन्ट’ अन्तर्गत देख्न सकिन्छ ।

यो फिचर ट्वीटरको ‘हाइड रिप्लाइ’ फिचर जस्तै छ, जुन गत वर्ष विश्वभर सार्वजनिक भएको थियो । ट्वीटरले कुनै पनि अश्लील र अनुचित प्रतिक्रियाहरुलाई एक्स्ट्रा क्लिकभित्र लुकाउने गर्दछ ।

यसलाई देखिनबाट रोक्न सकिन्छ । तर ट्वीटरबाट अन्य सञ्जालमा यस्ता कमेन्ट पोस्ट गर्ने व्यक्ति आफैले मेनुअल्ली लुकाउनु पर्दछ । 

यसबाहेक इन्स्टाग्रामले आफ्नो नज वार्निङलाई पनि विस्तार गरेको छ । मानिसहरुले लगातार अस्वभाविक प्रतिक्रियाहरु दिएको अवस्थामा यसले थप चेतावनी दिन्छ ।

इन्स्टाग्रामले यसअघि नै एआई पावर्ड फिचर प्रदान गर्दै आइरहेको छ, जसले अस्वभाविक मानिने कमेन्टहरुलाई पिन गरेर पोस्ट गर्नुअघि सुधार गर्न कमेन्ट गर्ने व्यक्तिलाई सुझाव दिन्छ । 

साथै कम्पनीले आफ्नो प्लेटफर्मभर चलेका ट्रेण्डहरुको नयाँ डेटा पनि सार्वजनिक गरेको छ । साथै इन्स्टाग्रामले प्राप्त गरेको महत्वपूर्ण कोशेढुङ्गाको पनि सम्पादकीय दृष्टि प्रस्तुत गरेको छ । 

उसले एकदमै धेरै चर्चा भएको विषय जस्तै शीर्ष गीत, एआर इफेक्ट, टप स्टोरी फन्ट र अन्य धेरै कुराको खुलासा गरेको छ । 

इन्स्टाग्रामका अनुसार मिम्सलाई राखेर दैनिक लाखौं पोस्टहरु उसको प्लेटफर्ममा शेयर हुन्छ । ५० प्रतिशत प्रयोगकर्ताहरुले इन्स्टाग्राममा दैनिक भिडियो हेर्छन्, ९० करोड इमोजीहरु दैनिक सेन्ड हुन्छन् र औसत मानिसहरुले कमेन्टभन्दा तीन गुणा धेरै डाइरेक्ट म्यासेजहरु पठाउँछन् । 

यसको अपडेट आईओएस र एन्ड्रोइडमा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०