close

खाम हटाएपछि यस्तो देखियो जिमेलको नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ?

टेकपाना टेकपाना

असोज २०, २०७७ १६:५५

खाम हटाएपछि यस्तो देखियो जिमेलको नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ?

काठमाडौं । गुगलले यसअघि खामको डिजाइनमा रहेको जिमेलको लोगोलाई परिवर्तन गर्दै छ । नयाँ लाेगाेमा गुगलको ब्राण्ड कलर निलो, पहेँलो र हरियोलाई नै प्रयोग गरिएको छ ।

यसअघि कम्पनीले जिमेलबाट रातो कलर पूर्णरुपमा हटाउने कुरा आएको थियो । तर, जिमेलको उक्त कलरसँग प्रयोगकर्ता धेरै नै नजिक भइसकेको अध्ययन प्रतिवेदन आएपछि कम्पनीले रातो रङलाई निरन्तरता दिने भएको हो ।

रातो कलरले धेरै भाग ओगटेको जिमेलको नयाँ लोगो गुगलको म्याप, गुगल फोटाेज, क्रोम लगायतका गुगल प्रडक्टसँग मिल्दोजुल्दाे रहेको छ । तर, पुरानो खाम भने हराएको छ ।

जिमेलको लोगोमा गरिएको परिवर्तनसँगै गुगलले गुगल क्यालेन्डर, डक्स, गुगल मिट र गुगल सिटको लोगोमा पनि केही परिवर्तन गरेको छ ।

यसरी सबैलाई एउटै डिजाइनमा तयार पारिएको प्रडक्टलाई कम्पनीले ‘गुगल वर्कप्लेस’ को रुपमा रिब्राण्डिङ गर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०