close

नेपालमा एक्सप्रेस वाईफाई दिन फेसबुकसँग वर्ल्डलिङ्कको सहकार्य

टेकपाना टेकपाना

असोज २०, २०७७ १८:७

नेपालमा एक्सप्रेस वाईफाई दिन फेसबुकसँग वर्ल्डलिङ्कको सहकार्य

काठमाडौं । नेपालको सबैभन्दा ठूला इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले पब्लिक वाईफाईका लागि फेसबुकसँग सहकार्य गरेको छ । विभिन्न सार्वजनिक स्थानमा वाईफाई उपलब्ध गराउँदै आएको वर्ल्डलिङ्कले त्यसका लागि फेसबुकसँग सहकार्य सुरु गरेको हो ।

कम्पनीले यसबारे आउँदो बिहिबार पत्रकार सम्मेलनमार्फत आधिकारिक रुपमा जानकारी दिने तयारी गरेको छ । हालसम्म उपलब्ध जानकारी अनुसार वर्ल्डलिङ्कले फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा उपलब्ध गराउन सम्झौता गरेको हो ।

फेसबुकले एक्स्प्रेस वाईफाईका लागि विभिन्न प्रान्तका विभिन्न देशमा रहेका इन्टरनेट सेवा प्रदायकसँग यसको लागि सहकार्य गर्दै आएको छ ।

जसमध्ये एसियामा भारत र नेपालमा यो सेवा उपलब्ध रहेको छ । नेपालको तर्फबाट वर्ल्डलिङ्कले यो सुविधा उपलब्ध गराउँदै आएको फेसबुकको एक्स्प्रेस वाईफाईको वेबसाइटमा समेत उल्लेख गरिएको छ ।

सहकार्य अनुसार फेसबुकले पब्लिक वाइफाईलाई सस्तो, भरपर्दाे र उच्च गतिको वाईफाई प्रदान गर्नका लागि आवश्यक पूर्वाधार तथा सामान समेत उपलब्ध गराउँदै आएको फेसबुक एक्स्प्रेस वाईफाईको वेबसाइटमा उल्लेख छ । यो विषयमा थप जानकारी आउँदो बिहीबार कम्पनीको प्रेसमिट पश्चात उपलब्ध गराउने छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०