close

सरल रुपमा इन्ट्रानेटलाई यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

असोज २१, २०७७ ११:३७

सरल रुपमा इन्ट्रानेटलाई यसरी बुझ्नुहोस्

काठमाडौं । इन्टरनेटमा कोही एकजना व्यक्तिको एकल अधिकार हुँदैन । यो हावा, पानी जस्तै प्राकृतिक रुपमा सबैको लागि उपलब्ध छ । तर यसका लागि तपाईंले सेवा शुल्क भने तिर्नुपर्छ ।

यदि कुनै सिस्टमको खोजी गर्दै हुनुहुन्छ, जसबाट तपाईंले आफ्नो प्राइभेट इन्टरनेट नेटवर्क बनाउन चाहनुहुन्छ भने त्यो पनि सम्भव छ । इन्ट्रानेटको मद्दतले यसलाई सम्भव बनाउन सकिन्छ । 

विश्वभरका नेटवर्कहरु जब एक अर्कोसँग जोडिन्छ, तब त्यसलाई इन्टरनेट भनिन्छ । तर, इन्ट्रानेट प्राइभेट नेटवर्क हो । यसमा तपाईंले आफ्नो छुट्टै प्राइभेट नेटवर्क बनाउन सक्नुहुन्छ ।

उदाहरणका लागि तपाईंको अफिसमा पचाँसवटा कम्प्युटर छ र ती कम्प्युटरमा समानरुपमा कुनै पनि किसिमको जानकारी तथा सूचना प्रसार होस् र ती सूचनाहरुमा सबैको एक्सेस होस् भन्ने चाहनुहुन्छ भने यसलाई इन्ट्रानेटले सम्भव तुल्याउँछ ।

इन्टरनेटको अवधारणा पनि इन्ट्रानेटको जस्तै हो । तर इन्टरनेट भनेको एउटा विश्विक सञ्जाल हो भने इन्ट्रानेट निश्चित ठाउँभित्रको निश्चित संख्याको एउटा गोप्य र निजी सञ्जाल हो ।  

इन्ट्रानेटमा सबै कम्प्युटरहरु लेन अर्थात् लोकल एरिया नेटवर्कको मद्दतबाट एकअर्कासँग जोडिन्छन् । यो वायरलेस र वायर दुवै तरिकाले कनेक्ट हुन सक्छन् । यसका लागि लोकल एरिया नेटवर्क वा वायर एरिया नेटवर्क बनाउनु पर्दछ ।  

कुनै पनि ठूलो उद्योग वा कम्पनीले बाहिरी नेटवर्कसँग नजोडी तनावरहित ढंगले काम गर्न चाहन्छ भने यो उसको लागि राम्रो विकल्प हो । यसले अहिलेको इन्टरनेटले जस्तै गरी काम गर्छ । 

यसमा पनि टीसीपी आइपी प्रोटोकल हुन्छ । इन्टरनेटले जस्तै यसले पनि एचटीटीपीएसमा काम गर्दछ । यदि पाँचजनाको मात्र कम्प्युटर छ भने पनि तपाईंले यसलाई इन्ट्रानेटबाट जोड्न सक्नुहुन्छ । यसले एकदमै राम्रो नेटवर्क स्पीड दिन्छ । 

यदि लोकल एरिया नेटवर्कलाई वायरलेस लेन अर्थात् डब्ल्यु लेन बनाउने हो भने तपाईंको ल्यापटप, कम्प्युटर, स्मार्टफोन, क्यामेरा, प्रिन्टर, स्क्यानर सबै एकअर्कोसँग जोडिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०