close

६ इन्टरनेट सेवा प्रदायकले ल्याए टोल फ्री नम्बर, यसरी गर्नुहोस् निःशुल्क फोन

टेकपाना टेकपाना

असोज २१, २०७७ १३:०

६ इन्टरनेट सेवा प्रदायकले ल्याए टोल फ्री नम्बर, यसरी गर्नुहोस् निःशुल्क फोन

काठमाडौं । केही समयअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने व्यवस्था लागू गरेको थियो । सोही व्यवस्था अनुसार पछिल्लो समय केही सेवा प्रदायकले ग्राहकको सहजताको लागि टोल फ्री नम्बर राखेका छन् ।

अनुमतिपत्रको शर्त कार्यान्वयन गर्न र ग्राहकहरुको गुनासो समाधान गर्नका लागि टोल फ्री नम्बर राख्नुपर्ने प्राधिकरणको निर्देशन अनुसार हालसम्म ६ सेवा प्रदायकले यस्तो सेवा उपलब्ध गराएका छन् ।

कल गर्दा ग्राहकको पैसा नलाग्ने, ग्राहकले चाहेको समयमा सेवा प्रदायकलाई आफ्नो गुनासो निःशुल्क रुपमा टिपाउन सकुन् भन्ने उद्देश्यले यसको सुरुवात गरिएको हो ।

यसरी हालसम्म टोल फ्री नम्बर उपलब्ध गराउनेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), वर्डलिङ्क कम्युनिकेसन लिमिटेड, सुबिसु केबलनेट प्रालि, ब्रोडब्याण्ड नेपाल प्रालि, टेकमाइन्डस् नेटवर्क र इस्टलिंक टेक्नोलोजी प्रालि रहेका छन् ।

त्यस्तै भायनेट, क्लासिकटेक लगायतका सेवा प्रदायकले पनि यसका लागि तयारी गरिरहेका छन् ।

यस्तो छ सेवा प्रदायककाे टोल फ्री नम्बर
  • नेपाल टेलिकम : १४९८, १९८
  • वर्डलिङ्क : १६६००१–५५०५०
  • सुबिसु : १६६००१–५९९९९
  • ब्रोड ब्याण्ड नेपाल : १६६०७१–५२००४
  • टेकमाइन्डस् नेटवर्क : १६६०५६५१२२२(एनटीसी), ९८०१५७५६६६(एनसेल)
  • इस्टलिङ्क : १६६०७१–९५९८५

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०