close

दशैंतिहारमा ६० लाखसम्म क्यास ब्याक दिँदै ग्यापु, ७ जनालाई बम्पर उपहार

टेकपाना टेकपाना

असोज २१, २०७७ १६:९

दशैंतिहारमा ६० लाखसम्म क्यास ब्याक दिँदै ग्यापु, ७ जनालाई बम्पर उपहार

काठमाडौं । स्थापनाको सुरुवाती चरणमै आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । ‘दशैंतिहार धमाका २०७७’ को नाममा कम्पनीले ६० लाख रुपैयाँसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहारको अफर ल्याएकाे हो ।

ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काका अनुसार ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मसिन, रेड्मी नोट नाइन प्रो, लोकल खसी, रिफ्रिजेरेटर, डिजेआईको एक्सन क्यामेरा र ड्रोन पाउने छन् ।

मंसिर ५ गतेसम्म लागू हुने ग्यापुको दशैं तिहार धमाकामा सामान किन्ने उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने खड्काले बताए । ग्यापुमा शपिङ गर्दा पहिलाभन्दा सस्तो मूल्यमा सामान पाउन सकिने उनको दाबी छ ।

क्यास ब्याकका लागि ग्यापुले प्रभु पे, सेल पे र एनआईसी एसिया बैंकसँग सहकार्य गरेको हो । अफरअन्तर्गत ६० लाख रुपैयाँसम्मको क्यासब्याक रहेको खड्काले बताए।

त्यस्तै सेल पे, फोन पे, प्रभु पे र ईसेवासँगको सहकार्यमा छुट्टै अफर र डिस्काउन्टको योजना समेत रहेको छ । त्यस्तै ग्यापुमा असोज २३ गते  लाग्ने फ्ल्याश सेलमा सामान किन्ने उपभोक्ताले फोन पेको तर्फबाट बम्पर उपहार पाउनेछन् ।

फोन पेको तर्फबाट चार जनाले एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थिएटर, मिनी पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स पाउनेछन् । त्यस्तै हरेक साता फोन पेको तर्फबाट १५ जनाले पाँच सय बराबरको कुपन समेत पाउनेछन्।

त्यस्तै प्रभु पेका प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक, हरेक १५ दिनमा एकजना भाग्यशाली ग्राहकले एक वर्षको सब्सक्रिप्सन, सेटअप बक्स र इन्स्टलेसन सहित प्रभु टिभी पाउने छन् ।

ग्यापुमा सामान्न किन्ने हरेक ग्राहकले प्रभु पेको तर्फबाट एक महिनाको सब्सकृप्सन सहित ओटीटी (मोबाइल टिभी) पाउनेछन्।

यसैगरी सेल पेबाट भुक्तानी गरी ग्यापुमा सामान किन्ने ग्राहकले शतप्रतिशत क्यास ब्याक पाउने छन् । एनआईसी एसिया ब‌ैंकले पनि २० प्रतिशत क्यास ब्याक दिनेछ।

एक्सेलट्रिप नेपाल, नेपाल ग्राम उद्योग, प्रान नेपाल, दि इसेन्सियल लिभिङ, एभरेष्ट डक्च्यु, बाजेको सेकुवा, ब्रज ब्युटी र मामा मिया डेल्सको सहकार्यमा दैनिक दुई जनाले गिफ्ट ह्याम्पर पाउनेछन् ।

त्यस्तै धुलिखेल जिपलाइन, निफ एजुकेसन, फुलचोकी बुक्स, फिसिफिसि नेपालसँगको सहकार्यमा ग्यापुबाट हरेक साता एक जनाले उपहार पाउनेछन् ।

कम्पनीको मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकले ग्यापुबाट अर्डर गर्न सक्नेछन् । सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, आईएमई पे, कनेक्ट आईपीएस, ईसेवा र जुनसुकै बैंकको मोबाइल बैकिङबाट क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिने छ ।

त्यस्तै डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत कम्पनीले उपलब्ध गराएको छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद भुक्तानी पनि गर्न सक्नेछन् ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०