close

पासवर्ड ह्याक हुँदा तुरुन्तै रिसेट गर्न सकिने, यस्तो छ क्रोमको नयाँ फिचर

टेकपाना टेकपाना

असोज २१, २०७७ १७:२९

पासवर्ड ह्याक हुँदा तुरुन्तै रिसेट गर्न सकिने, यस्तो छ क्रोमको नयाँ फिचर

काठमाडौं । तपाईंको स्मार्टफोनमा पक्कै पनि गुगल क्रोम वेब ब्राउजर छ ? यदि छ भने पासवर्ड ह्याक भएको अवस्थामा अब क्रोमले नै तपाईंलाई जानकारी दिनेछ । क्रोमको यस्तो फिचर यसअघि कम्प्युटरमा मात्रै उपलब्ध थियाे ।

गुगलका अनुसार अब याे फिचर एप्पलकाे आईफोन र एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोनमा पनि उपलब्ध हुनेछ ।  

यस फिचर अन्तर्गत प्रयोगकर्ताको युजरनेम र पासवर्ड गुगलको सर्भरमा पुग्छ र त्यहाँ ब्रिच भएका डेटाका सूचीसँग तुलना गरेर कम्प्रोमाइज भएको छ वा छैन भनेर जाँच हुन्छ ।

तर गुगल आफैंले भने तपाईंको पासवर्ड र युजरनेम देख्न सक्दैन । यसले डेटा कम्प्रोमाइज भएको छ वा छैन भनेर जाँच्ने गर्दछ । 

क्रोम ८६ सार्वजनिक भएसँगै गुगलको पासवर्ड चेक फिचरलाई प्रयोग गर्न तपाईले पासवर्डलाई क्रोममै स्टोर गर्नुपर्छ ।

यो आइडिया थर्ड पार्टी पासवर्ड मेनेजर वान पासवर्ड र मोजिल्ला फायरफक्स, एप्पल सफारी र माइक्रोसफ्ट एज जस्ता वेब ब्राउजरमा पहिलेदेखि नै उपलब्ध छ । 

तर ब्राउजरकाे बजारमा क्रोमको वर्चस्व छ । ब्रेभ, सामसङ इन्टरनेट, ओपेरा र भिभाल्डा जस्ता ब्राउजरमा गुगलको ओपन सोर्स क्रोमियम ब्राउजर इ‌न्जिन रहने गर्दछ ।

यसर्थ गुगलको प्रभाव अहिले सिङ्गो वेबभर छ । तर गुगल ब्राउजर र एप्पलको प्राथमिकताबीच तनाव पैदा हुँदा यसले सिङ्गो प्राविधिक उद्योग र डेभलपरहरुबीच तनाव पैदा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०