close

अनलाइन बुकिङमा तीन सय रुपैयाँ क्यासब्याक र बम्पर उपहार दिँदै एक्सल ट्रिप

टेकपाना टेकपाना

असोज २३, २०७७ ७:१

अनलाइन बुकिङमा तीन सय रुपैयाँ क्यासब्याक र बम्पर उपहार दिँदै एक्सल ट्रिप

काठमाडाैं । एक्सलट्रिप नेपालले माेबाइल एप र वेबसाइटबाटै हाेटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा तीन सय रुपैयाँ क्यास ब्याक दिने योजना ल्याएको छ ।

यसअन्तर्गत नेपालको पाँचवटै डोमेस्टिक एयरलाइन्स तथा आठ सयभन्दा बढी होटल र संसारभरका २३ लाखभन्दा बढी होटल र चार सय ५० वटा एयरलाइन्सबाट दुई सयभन्दा बढी डेस्टिनेसनमा बुक गर्न सकिने छ ।

बुकिङबाट पाउने ३ सय रुपैयाँ संसारभरका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने छ ।  

असोज २२ गतेदेखि मंसिर ५ सम्म लागू हुने यो योेजनामा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जनाले २५ सय रुपैयाँसम्मको होटल भौचर पाउनेछन् ।

त्यस्तै कम्पनीकाे बम्पर उपहारअन्तर्गत एकजना भाग्यशाली बिजेतालाई दुई रात तीन दिनको काठमाडौं–पोखरा–काठमाडौंको कप्पल प्याकेज दिइने एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर शरद प्रधानले बताए ।

एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लाटफर्म हो । यसमा नेपालकै डिजिटल पेमेन्ट ईसेवा, फोन पेका साथमा बैंकहरुको मोबाइल बैकिङ एप र सम्पूर्ण बैंक कार्ड प्रयोग गरि नेपालभित्र वा अन्य देशको पनि होटल र एयरलाइन्स बुक गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४