close

पाठकलाई ५० हजार बराबरको लाइब्रेरी उपहार दिँदै ‘किताब यात्रा’, साथमा आकर्षक गिभ अवे

टेकपाना टेकपाना

असोज २३, २०७७ ८:१४

पाठकलाई ५० हजार बराबरको लाइब्रेरी उपहार दिँदै ‘किताब यात्रा’, साथमा आकर्षक गिभ अवे

काठमाडाैं । पुस्तककाे अनलाइन सपिङ साइट किताब यात्रा डटकम ले पाठकका लागि दशैं याेजना ल्याएकाे छ । ‘किताब यात्रा वाउ दशैं अफर’ नाम दिइएकाे याेजनामा पाठकका लागि आकर्षक अफर सार्वजनिक गरिएको छ ।

यसअन्तर्गत हरेक किताबको खरिदमा लक्की ड्र मार्फत विभिन्न आकर्षक पुरस्कार जित्न सक्ने व्यवस्था ल्याइएकाे छ ।

पठन संस्कृतिमा थोरै भएपनि टेवा पुर्‍याउने उद्देश्यले यसपटक एक जनालाई ५० हजार रूपैयाँ बराबरको लाइब्रेरी उपहार प्रदान गरिने भएकाे छ ।

साथै हरेक खरिद मूल्यको दुई प्रतिशत रकम किताब यात्रा फ़ाउण्डेशनले बनाउने किताब यात्रा लाइब्रेरी एण्ड रिसर्च सेन्टरमा अनुदानको रुपमा सहयोग गर्ने जानकारी कम्पनीले दिएकाे छ ।

कम्पनीले दशैं अफर अन्तर्गत आकर्षक गिभ अवे घोषणा गरेको छ । यसअन्तगर्गत ईसेवाबाट भुक्तानी गर्दा पाँच प्रतिशत क्यासब्याक, सीजीकाे तर्फबाट ३२ इन्चको सेन्सेई टिभी दुई जनालाई, एमआईको तर्फबाट एक जनालाई साओमी रेडमी नाइन र नोकियाका तर्फबाट एक जनालाई नोकिया सी थ्री माेबाइल प्रदान गरिनेछ ।

साथै ५० जनाका लागि गोल्ड प्लेटेड बुकमार्क, अल्फान्जु रिसोर्टका तर्फबाट दुई जनाका लागि २ दिनको पोखरा होलिडे प्याकेज लगायतका गिभ अवे याेजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४