close

अली जफरको उपस्थितिमा शनिबार उद्यमशीलता सम्बन्धी भर्चुअल टक हुँदै

टेकपाना टेकपाना

असोज २३, २०७७ ११:५२

अली जफरको उपस्थितिमा शनिबार उद्यमशीलता सम्बन्धी भर्चुअल टक हुँदै

काठमाडौं । हल्ट प्राइज आईओई र नेक्स्ट जेनले शनिबार ‘आन्टरप्रिनियरसिप टक सिरिज: लेभल टु बिल्डिङ अ टिम’ शीर्षकमा दोस्रो भर्चुअल टक सिरिज आयोजना गर्दैछ । उक्त सिरिजमा पाकिस्तानी मूलका बलिउड सेलिब्रेटी अलि जफरको पनि भर्चुअल उपस्थिति रहनेछ । 

सेसनमा फोर्ब्स, आन्ट्रप्रेनियर, आईबीटी र सीएनएन जस्ता ग्लोबल साइटहरुमा फिचर भइसकेका वक्ताहरुको उपस्थिति हुनेछ ।

यसअन्तर्गत लोजिक एक्सवाई, डाइरेक्ट पे, पोडमियो, वू एजेन्ट र अन्य सास कम्पनीहरु (गुगल, एडोब, माइक्रोसफ्ट, ओराकल, सेल्सफोर्स, वर्कडे, स्याप, इन्ट्युट आदि) का प्रतिनिधिहरु पनि वक्ताका रुपमा रहने छन् । 

टक सेसनमा ती वक्ताहरुको सफलता पछाडिको कथालाई प्रस्तुत गरिनेछ । पहिलोपटक हल्ट प्राइज आईओई र नेक्स्ट जेनले युवा वर्गहरुको लागि आदर्शका पात्र अलि जफरलाई प्रमुख अतिथि तथा वक्ताको रुपमा टक सिरिजमा उपस्थित गराउने लागेकाे हाे । 

पाकिस्तानी मूलका अलि जफर गायक, मोडल, कलाकार, संगीतकार, चित्रकार, कवि, लेखक, प्रोड्युसर तथा फिलानथ्रोपिस्ट हुन् । विश्वभर व्यापक फ्यान रहेका जफर विभिन्न मानवीय कार्यमा पनि संलग्न छन् ।

२०१३ मा ब्रिटिस न्युजपेपर इन्स्टर्न आइमा भएको विश्वव्यापी मतदानको आधारमा उनी ‘ग्रहकै सेक्सियस्ट एसियाली पुरुष’ बन्न सफल भएका थिए । २०२० मा पाकिस्तानले उनलाई ‘प्रेसिडेन्सियल प्राइड अफ पर्फमेन्स’ अवार्ड प्रदान गरेको थियो । 

उक्त टक सिरिजमा जफरले आफ्नो कडा मेहेनत र त्यसपछि बनेको टिमले दिएको आडसँगै आफू पुगेको यो स्थानको बारेमा कथा सुनाउने छन् । उनले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा कुरा सुनाएर युवाहरुलाई परिवर्तनतर्फ अग्रसर गराउने छन् । 

कार्यक्रममा सहभागी हुन इच्छुकहरुले यस फर्म भरेर दर्ता हुनु पर्नेछ । कार्यक्रम शनिबार दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४