close

अफवाह फैलाउने कमेन्टलाई स्वतः ‘हाइड’ गर्दै युट्युब

टेकपाना टेकपाना

असोज २३, २०७७ १५:४६

अफवाह फैलाउने कमेन्टलाई स्वतः ‘हाइड’ गर्दै युट्युब

काठमाडौं । युट्युवले दुई नयाँ फिचरमा काम गररहेको जानकारी दिएकाे छ । यसअन्तर्गत अफवाह फैलाउने र नराम्रो शब्द प्रयोग भएको कमेन्ट अटो हाइड हुने सिस्टमकाे परीक्षण भइरहेको छ ।

त्यस्तै कमेन्ट गर्नुअघि कमेन्टलाई रिभ्यु गर्न लगाउने खालको फिचर ल्याउने तयारीमा पनि कम्पनी छ । त्यसका लागि युट्युवले केही शब्दहरुलाई नकारात्मक कमेन्टको रुपमा छुट्याउने छ ।

त्यस्ता शब्द प्रयोग भएको कमेन्टलाई अटो हाइड गर्ने जनाइएको छ र कतिपय कमेन्टलाई रिभ्युका लागि राखिने छ ।

याे ६० दिनको रिभ्यु हुनेछ । याे अवधिपश्चात उक्त कमेन्ट डिस्प्लेको लागि योग्य भएको खण्डमा कमेन्ट सेक्सनमा डिस्प्ले हुने उल्लेख गरिएको छ । यस्तो खालको अटो हाइड फिचर इन्स्टामा यसअघि नै प्रयोगमा आएको छ ।

इन्स्टामा कुनै शब्द यसअघि नै नकारात्मक हो भनी कसैले उजुरी दिएकाे खण्डमा त्यस्ता शब्दलाई अटो हाइड गर्दै आएको छ । युट्युवले पनि यही प्रविधिलाई अपनाउने आँकलन गरिएको छ ।

यसका साथै यदि तपाईं कसैको भिडियोमा कमेन्ट गर्दै हुनुहुन्छ भने उक्त कमेन्ट पोस्ट गर्नुअघि एक पटक पुनः अध्ययन गर्न कम्पनीले सुझाव दिनेछ।

यस्तो भएको खण्डमा नकारात्मक र भ्रामक कमेन्ट गर्नबाट प्रयोगकर्ता सचेत हुने अपेक्षा युट्युवको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४