close

लाइट भर्सनको एप जिमेल गो अब सबै एन्ड्रोइडका लागि उपलब्ध

टेकपाना टेकपाना

असोज २४, २०७७ २१:७

लाइट भर्सनको एप जिमेल गो अब सबै एन्ड्रोइडका लागि उपलब्ध

काठमाडौं । गुगल प्ले स्टोरमा जिमेल गो एप सार्वजनिक भएको छ । गुगलको यो लाइट एप अब सबै एन्ड्रोइड प्रयोगकर्ताले डाउनलोड गर्न सक्नेछन् ।

यो जिमेल एपकै लाइट भर्सन हो, जुन खास गरेर लो एन्ड स्पेसिफिकेसन भएका तथा एन्ड्रोइड गो एडिसन सहित आउने स्मार्टफोनका लागि बनाइएको हो । गुगलले नयाँ जिमेल गो एप डाउनलोड तथा प्रयोग गरिने स्मार्टफोनको रेञ्ज समेत बढाएको छ ।

गिजमोचाइनाको एक रिपोर्टअनुसार अब जिमेल गो एप सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । लाइट जिमेल गो एपमा जिमेलमा रहेका सबै फिचर रहेका छन् र प्रयोगकर्तालाई उस्तै किसिमको अनुभव दिनेछ ।

यद्यपी यसमा केही ह्याभी भिजुअल एलिमेन्ट्स भने छैनन् । नयाँ लाइट जिमेल एपमा स्क्रिनमा तलतर्फ देखिने मिटको बटन पनि छैन ।

यसको अर्थ जिमेल लाइटमा गुगल मिटको इन्टिग्रेसन उपलब्ध छैन । जिमेल गोको समग्र लुक्स हेर्ने हो भने यो ठूलो साइजको जिमेल एपभन्दा बढी क्लिन छ ।

यदि तपाईं मुख्य जिमेल एप प्रयोग गरिरहनु भएको भने नयाँ जिमेल गो एप केही फरक किसिमको लाग्न सक्छ । यद्यपी लाइट एप कम र्‍याम भएका स्मार्टफोनलाई ध्यानमा राखेर बनाइएको हो । जिमेल गो एपमा एउटा स्मार्ट इनबक्स छ ।

जसबाट तपाईं आउने इमेलमा केन्द्रीत हुन सक्नुहुन्छ । यसमा सोसल र प्रमोसनल इमेललाई अलग क्याटेगाेरी बनाउन सकिन्छ ।

जिमेल गोले इनबक्समा आउनु अघि नै स्पामलाई ब्लक गरिदिन्छ । यसमा मल्टिपल अकाउन्टको सपोर्ट समेत रहेको छ र जिमेल गो एपमा १५ जीबी फ्री स्टोरेजको सुविधा समेत उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४