close

सनराइज बैंकका ग्राहकले भाटभटेनीमा सामान किन्दा पाँच सय रुपैयाँसम्म छुट पाउने

टेकपाना टेकपाना

असोज २४, २०७७ २०:३६

सनराइज बैंकका ग्राहकले भाटभटेनीमा सामान किन्दा पाँच सय रुपैयाँसम्म छुट पाउने

काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने ग्राहकका लागि छुट दिने भएको छ ।

यसअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनीका कुनै पनि स्टाेरबाट सामान किन्दा हरेक काराेबारमा पाँच प्रतिशत छुट प्राप्त गर्न सकिन्छ ।

याे अफर भाेली असाेज २५ देखि कार्तिक ११ सम्म जारी रहनेछ ।

उक्त योजना अन्तर्गत सामान खरीद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रतिकारोबार अधिकतम रू.५०० सम्म तत्काल छुट पाउने व्यवस्था गरिएको हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४