close

वान प्लसका फोनमा यसरी गर्नुहोस् एन्ड्रोइड इलाभेनको अपडेट

टेकपाना टेकपाना

असोज २६, २०७७ १३:१८

वान प्लसका फोनमा यसरी गर्नुहोस् एन्ड्रोइड इलाभेनको अपडेट

काठमाडाैं । वान प्लसको फ्ल्यागशिप स्मार्टफोनहरूको लागि एन्ड्रोइड इलाभेनमा आधारित अक्सिजन ओएस इलाभेनको अपडेट जारी गरिएको छ।

यदि तपाईंसँग वान प्लस एट वा एट प्रो भन्दा माथि छ भने, तपाईं आफ्नो फोनलाई नयाँ सफ्टवेयरमा अपडेट गर्न सक्नुहुन्छ ।

साथै निकट भविष्यमा वान प्लस सेभेन टी प्रो, वान प्लस सेभेन टी, वान प्लस सेभेन प्रो, वान प्लस सेभेन, वान प्लस सिक्स, वान प्लस सिक्स टी र वानप्लस नर्डमा पनि उपलब्ध हुनेछ ।

वान प्लसका अनुसार एन्ड्रोइड इलाभेनमा आधारित अक्सिजन ओएस इलाभेनलाई वान प्लस एट वा वान प्लस एट प्रोमा अपडेट गर्न फोनसँग कम्तिमा ३ जीबी खाली ठाउँ हुनुपर्दछ र प्रक्रिया सम्पन्न हुन ३० प्रतिशत चार्ज हुन अनिवार्य छ।

कसरी अपडेट गर्ने ?

तपाईंको स्मार्टफोनको सेटिङमा जानुहोस्, सफ्टवेयर अपडेट्स सेलेक्ट गर्नुहोस् र नयाँ अपडेटका लागि सर्च गर्नुहोस् । फोन यदि हाई स्पिड इन्टरनेट भएको अवस्थामा छ भने उत्तम हुन्छ ।

यदि तपाईंले आफ्नो फोनमा नयाँ अपडेट देख्नुभयो भने, तपाईं यसलाई डाउनलोड र इन्स्टल गर्न सक्नुहुनेछ। अपडेट गर्नुअघि कम्प्युटरमा फोनको महत्वपूर्ण फाइलहरूको ब्याकअप राख्नु राम्राे हुन्छ ।

अक्सिजन ओएस इलाभेनमा के छ ?

एन्ड्रोइड इलाभेनमा आधारित अक्सिजन ओएस इलाभेनमा धेरै कुराहरुको परिवर्तन छ । यसपछि तपाईंले नयाँ रूप र नयाँ सुविधा पाउन सक्नुहुन्छ ।

भिजुअल रिजोलुसनदेखि फिल्म फिचर लेभलसम्म धेरै कुराहरुको नयाँ स्वाद लिन सक्नुहुन्छ । त्यहाँ नयाँ गेमिङ मोड पनि छ, जसमा तपाईं गेम खेलिरहँदा स्विच गर्न सक्नुहुन्छ। त्यस्तै जेन मोड अन्तर्गत पाँच थिम दिइएको छ ।

नयाँ अपडेटमा एम्बियन्ट डिस्प्ले फङ्सन पनि समावेश छ। तपाईंले मोबाइलमा नयाँ क्लक स्टाइलदेखि डिस्प्ले सेटिङसम्मका धेरै परिवर्त पाउनु हुनेछ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४