close

क्लासिक टेकको वार्षिक रिचार्जमा साढे ५ हजार छुट, रेफर गर्दा २ महिनाको बोनस इन्टरनेट

टेकपाना टेकपाना

असोज २६, २०७७ १७:३१

क्लासिक टेकको वार्षिक रिचार्जमा साढे ५ हजार छुट, रेफर गर्दा २ महिनाको बोनस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्ना ग्राहकका लागि दशैंको अवसर पारेर ५५ सय रूपैयाँसम्मको छुट अफर ल्याएको छ । कम्पनीले यो मूल्य बराबरको इन्टरनेट सेवाको रिचार्जमा छुट र बोनस उपलब्ध गराउनेछ ।

नयाँ अफर अनुसार हालका ग्राहकहरुले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेको खण्डमा साढे पाँच हजार बराबरको छुट प्राप्त गर्ने भएका हुन् ।

त्यसैगरी ग्राहकहरुले ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा २८ सय बराबरको छुट प्राप्त गर्नेछन् ।

कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ रेफर अफर समेत सार्वजनिक गरेको छ । यसअनुसार ग्राहकहरुले क्लासिक टेकको मोबाइल एपमा गएर रेफरमा क्लिक गरेर आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नुपर्ने हुन्छ ।

उनीहरूले रेफर योजनाअन्तर्गत एक वर्षको सब्सक्रिप्सनमा दुई महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा नि:शुल्क पाईनेछ भने ६ महिनाको सब्सक्रिप्सनको साथमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी नि:शुल्क पाइनेछ ।

त्यसैगरी ३ महिनाको सब्सक्रिप्सनको साथमा १५ दिनको बोनस र आईपी टिभी उपलब्ध हुनेछ ।
क्लासिक टेकले ल्याएको यो योजना नेपालभर रहेका क्लासिक टेकका ग्राहकहरुको लागि उपलब्ध हुने क्लासिक टेकका प्रमुख सेल्स र  मार्केटिङ्ग अफिसर बिनय अधिकारीले जानकारी दिए।

उनका अनुसार यो अफरमार्फत ग्राहकहरुलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामक रुपमा अगाडि बढ्नेछ ।

रेफर गर्ने तरिका

क्लासिक टेकको मोबाइल एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्नुस् ।
स्टेप १ः क्लासिक टेकले दिएको युजरनेमर पासवर्डका साथमा लगईन गर्नुहाेस् ।
स्टेप २ः रेफर ट्याबमा क्लिक गर्नुहोस् ।
स्टेप ३ः नयाँ पेज देखापर्नेछ । त्यसमा तपाईंले रेफर गर्न चाहेको साथीको बारेमा आवश्यक जानकारी हाल्नुहोस् ।
स्टेप ४ः फर्म भरिसकेपछि त्यहाँ रहेको सबमिटमा क्लिक गर्नुहोस् ।
स्टेप ५ः इन्स्टलेशन र  कुल भुक्तानी सम्पन्न भएपछि तपाईंले इन्टरनेट र आईपी टिभीमा बोनस पाउनुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४