close

मिसकल गरेको भरमा बिजुलीको पैसा तिर्न सकिने

टेकपाना टेकपाना

असोज २७, २०७७ १४:१४

मिसकल गरेको भरमा बिजुलीको पैसा तिर्न सकिने

काठमाडौं । सनराइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अनुरुप नेपालमै पहिलो पटक ग्राहकका लागि मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

यस सेवाको सुरुवातसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्ड कल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्नको लागि एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनु पर्नेछ ।

ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्ड कल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् ।

विद्यमान महामारीको समयमा घरैमा बसीबसी यसरी विभिन्न सेवाका शुल्क भुक्तानी गर्न मिल्ने कारण ग्राहकलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४