close

प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाउन सक्ने ‘फोटो डिटेक्टर’ विकास

टेकपाना टेकपाना

असोज २७, २०७७ १६:६

प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाउन सक्ने ‘फोटो डिटेक्टर’ विकास

काठमाडौं । अस्ट्रेलियास्थित आरएमआईटी विश्वविद्यालयका अनुसन्धानकर्ताले प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाउन सक्ने एउटा फोटो डिटेक्टरको विकास गरेका छन् । यसले नानो थिन प्रविधिबाट बनेका प्रोटोटाइप डिभाइसमा रहेका विभिन्न लाइट सेडहरुलाई डिटेक्ट गर्दछ ।

यस प्रविधिले क्यान्सरजस्ता रोगलाई प्राम्भिक चरणमै डिटेक्ट गर्न सक्ने र जैविक चिकित्साको कल्पना शक्तिलाई सुधार गर्नसक्ने सम्भावना रहेको बताइएकाे छ ।

आरएमआईटीका अनुसार फोटो डिटेक्टरले हालका लागि डिभाइसमा एउटा भन्दै धेरै रंगलाई डिटेक्ट गर्न सक्दैन । यसर्थ हालका लागि यो फोटो डिटेक्टरले सुस्त काम गर्दछ ।

यसले प्रकाशले बोकेको सूचनालाई विद्युतीय सिग्नलमा परिणत गर्दछ । यो प्रविधिलाई गेम कन्सोलदेखि फाइबर अप्टिक सञ्चार, चिकित्सा कल्पनाशीलता र मोसन डिटेक्सनमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् । 

यो नयाँ प्रोटोटाइप अहिले व्यवसायिक रुपमै उपलब्ध प्रविधिको तुलनामा हजार गुणा पातलो छ । यसले गहिरो अल्ट्रा भायोलेटदेखि करिब इनफ्रार्ड वेभलेन्थ सम्मका प्रकाशलाई विश्लेषण गर्न सक्दछ । 

उक्त प्रोजेक्टको प्रमुख लेखक रहेकी अनुसन्धानकर्ता वैष्णवी कृष्णमूर्तिले यो नयाँ प्रोटोटाइपले कम प्रकाश भएको अवस्थामा पनि फोटो डिटेक्टरलाई काम गर्न बाटो खोलिदिएको र यसले फाइबर अप्टिकल सञ्चारलाई थप तिब्र बनाउने बताएकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४