close

एप्पल लाइभ इभेन्ट : यो हो आईफोन ट्वेल्भ

टेकपाना टेकपाना

असोज २७, २०७७ २१:५०

एप्पल लाइभ इभेन्ट : यो हो आईफोन ट्वेल्भ

काठमाडौं । बहुप्रतिक्षित एप्पल आईफोन ट्वेल्भको लञ्च आज हुँदै छ । अहिले नेपाली समयअनुसार रातीको १०:४५ मा हुने यो कार्यक्रममा एप्पलले कस्ता प्रडक्ट ल्याउला भन्नेमा आम प्रविधिप्रेमीको चासो बढिरहेको छ ।

अमेरिकी टेक जायन्टले औपचारिक रुपमा नयाँ प्रडक्ट र यसका फिचरबारे जानकारी नखुलाएपनि सञ्चारमाध्यमहरुले लगभग सबै प्रडक्टबारे यसअघि नै खबरहरु सम्प्रेषण गरिरहेका छन् ।

यस्ता सञ्चारमाध्यममार्फत भएका लिक र चर्चाको आधारमा यसपाली आईफोनका चार मोडेल सार्वजनिक हुँदै छन् । यसअघि प्राय तीन मोडेलमा मात्रै आईफोन सार्वजनिक हुने गर्दथ्यो ।

यसअन्तर्गत ५.४ इन्चको आईफोन ट्वेल्भ मिनी, ६.१ इन्चको आईफोन ट्वेल्भ, ६.१ इन्चको आईफोन ट्वेल्भ प्रो र ६.७ इन्चको आईफोन ट्वेल्भ प्रो म्याक्स रहेका छन्।

सबै चार मोडेल फाइभजी फोन हुने र ओलेड डिस्प्ले सहित उपलब्ध हुने अपेक्षा गरिएको छ । आईफोन ट्वेल्भ प्रो म्याक्समा थ्रीडी डेप्थ सेन्सिङ टेक्नोलोजी रहने छ ।

जबकि आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्सलाई फ्ल्यागशिप डिभाइको नाम दिइनेछ । यी मोडलमा फाइभजी र ओएलईडी डिस्प्ले सपोर्ट हुनेछ ।  

फोटोग्राफीको कुरा गर्दा आईफोन ट्वेल्भमा नयाँ अनुभव गर्न मिल्नेछ । प्रिमियम मिड रेञ्ज फोन आईफोन ट्वेल्भ र म्याक्समा डुअल क्यामेरा हुनेछ । 

बाँकी मोडलमा भने ट्रिपल क्यामेरा फिचर हुनेछ । यसमा खास कुरा त के हुनेछ भने यस पटक एप्पलले चारवटै फोनमा शक्तिशाली क्यामेरा सेन्सर प्रयोग गर्नेछ । 

प्रो मोडल्समा वस्तुको दूरी मापन गर्न लिडार सेन्सर प्रयोग हुनसक्छ । किनकि आईप्याड प्रोको हाई ईण्ड मोडलमा यसअघि नै लिडार स्क्यानर राखिएको छ ।

नयाँ आईफोनमा एप्पलको लेटेस्ट प्रोसेसर हुनेछ । खबहरुका अनुसार नयाँ आईफोन ट्वेल्भमा ए फोर्टीन बयोनिक चिपसेट देख्न सकिनेछ ।

जहाँ बजेट मोडल ६४ जीबी, १२८ जीबी र २५६ जीबी अप्सनमा उपलब्ध हुनेछन् । सँगसँगै टप ईण्ड मोडलमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबीको स्टोरेज प्राप्त हुनेछ ।

आईफोन ट्वेल्भ सिरिज अन्तर्गतका मोडल ६९९ डलरदेखि १०९९ डलरसम्मको मूल्यमा उपलब्ध हुने अनुमान गरिएको छ । यी फाेनकाे मूल्य यस्ताे हुनेछ ।

आईफोन ट्वेल्भका अतिरिक्त एप्पलले अन्य केही प्रडक्टहरु पनि लञ्च गर्ने अनुमान गरिएको छ ।

एप्पलको लाइभ इभेन्ट कसरी हेर्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४