close

आईफोन ट्वेल्भमा शक्तिशाली ए १४ बायोनिक चिप

टेकपाना टेकपाना

असोज २७, २०७७ २३:३५

आईफोन ट्वेल्भमा शक्तिशाली ए १४ बायोनिक चिप

काठमाडाैं । एप्पलले घोषणा गरेको आईफोन ट्वेल्भ सिरिजमा नयाँ ए १४ बायोनिक चिप रहेको छ । मंगलबार राती आईफोन ट्वेल्भको सार्वजनिक कार्यक्रममा कम्पनीले यसबारे जानकारी दिएकाे हाे ।

याे चिप अहिलेसम्मकै सबैभन्दा फास्ट चिप रहेको कम्पनीले जानकारी दियाे । यसमा फाइभ नेनोमिटर प्रोसेसर टेक्नोलोजी छ ।

ए १४ बायोनिकले ए १३ को तुलनामा ४० प्रतिशत पर्फमेन्स सुधार गर्दछ । यसमा अहिलेसम्मकै फास्टेस्ट जीपीयू रहेको छ, जसले ५० प्रतिशतसम्म ग्राफिक्स पर्फमेन्स सुधार गरेको छ ।

यसमा मल्टिप्लेयर गेम एकदमै राम्रो हुन्छ । यसको डिस्प्लेको कुरा गर्दा १२ सय निट्ससम्म ब्राइटनेस प्रदान गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४