close

एप्पलको सस्तो फोनको रुपमा आईफोन ट्वेल्भ मिनी सार्वजनिक, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

असोज २७, २०७७ २३:४९

एप्पलको सस्तो फोनको रुपमा आईफोन ट्वेल्भ मिनी सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी सार्वजनिक गरेको छ । यसअन्तर्गत आईफोन ट्वेल्भमा ६.१ इन्च स्किृन रहेकाे छ भने आईफोन ट्वेल्भ मिनीमा ५.४ इन्च स्क्रिन रहेकाे छ ।

एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत सबैभन्दा सस्तो फोनको रुपमा आईफोन ट्वेल्भलाई अघि सारेको छ । यो फोनको मूल्य ६९९ डलरदेखि सुरू हुने जनाइएकाे छ । त्यसैगरी आईफोन ट्वेल्भको मूल्य ७९९ डलरबाट सुरु हुनेछ ।

आईफोन ट्वेल्भ मिनीमा ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी र डुअल क्यामेरा सेटअप लगायतका विशेषता छन् । यसमा सुपर एक्सडीआर रेटिना डिस्प्ले रहेको छ ।

आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी ब्लु, ग्रीन, ब्ल्याक, ह्वाइट र प्रडक्ट (रेड) गरी पाँच कलर अप्सनमा उपलब्ध छन् । यी फोन आईओएस फोर्टिनमा सञ्चालन हुनेछन् ।

यी फाेन ६४, १२८ र २५६ जीबी स्टोरेजमा उपलब्ध भएका छन् । यसैबीच एप्पलका नयाँ आईफोनमा चार्जर र इयरबर्ड साथमा नआउने जानकारी कम्पनीले दियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४