close

अमेजन सेल : सामसङको ७० इन्च सिक्स सिरिज फोरके स्मार्ट टिभी ६२ हजारमै उपलब्ध हुने

टेकपाना टेकपाना

असोज २८, २०७७ १०:५

अमेजन सेल : सामसङको ७० इन्च सिक्स सिरिज फोरके स्मार्ट टिभी ६२ हजारमै उपलब्ध हुने

काठमाडौं । ईकमर्स जायन्ट अमेजनले आफ्ना प्राइम सब्सक्राइबरहरूका लागि दुई दिने विशेष सेल अफर ‘बेस्ट बाई’ सुरु गर्दैछ । यो अफर आगामी नोभेम्बर २७ र २८ मा चल्नेछ ।

बेस्ट बाई सेलमा प्राइम सब्सक्राइबरहरूले टिभी, घरेलु सामाग्री तथा उपकरण, भिडियो गेम, स्मार्ट होम प्रोडक्ट तथा अन्य धेरै सामाग्री पाउन सक्नेछन् । 

बेस्ट बाईमा अमेजनले ७० इन्चको सामसङ सिक्स सिरिज फोरके स्मार्ट टीजेन टिभी सेलमा राखेको छ । जसको मूल्य मात्र ५२९.९९ अमेरिकी डलर अर्थात् साढे ६२ हजार नेपाली रूपैयाँ रहेको छ ।

उक्त टिभीको सामान्य दिनमा ७५० डलर मूल्य रहेको छ । यति ठूलो स्क्रिन भएको टिभी यति सस्तो मूल्यमा पाइएको यो पहिलो पटक हुनेछ । 

यस टिभीको कुरा गर्दा यसमा क्रिस्टल प्रोसेसर फोरके छ, जसले तपाईंले हेर्ने सबै कुरालाई फोरके क्वालिटीमा परिवर्तन गरिदिन्छ ।

पावर्ड बाई टिजेन रहेको यस टिभीले दर्शकहरुको टिभी हेर्दाको अनुभवलाई एकदमै उत्कृष्ट बनाएको छ ।

यसमा भएको क्रिस्टल यूएचडी डिस्प्लेले स्पष्ट र फाइन ट्युन कलर प्रदान गर्दछ, जसले प्राकृतिक रुपमै चहकिलो र बलियो पिक्चर क्वालिटी प्रदान गर्दछ । 

यस मोडेलमा ६० हर्जको रिफ्रेस रेट रहेको छ, जसले अमेजनको एलेक्सा र गुगल असिस्टेन्ट दुवैलाई सपोर्ट गर्दछ ।

स्मार्ट टिभी भएको कारण यसले नेटफ्लिक्स, एप्पल टिभी प्लस, डिज्नी प्लेस र हुलु सबैमा एक्सेस प्रदान गर्दछ । यसले गर्दा तपाईले अर्को स्ट्रिमिङ डिभाइसमा प्लग-ईन गर्नुपर्दैन । यदि गर्न चाहनुहुन्छ भने पनि यसमा दुईवटा एचडीएमआइ पोर्ट रहेका छन् । 

यो एक्सक्लुसिभ सेल यहाँबाट हेर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४