close

यस्ता छन्, डुअल सेल्फी क्यामेरा भएका उत्कृष्ट ५ स्मार्टफोन

टेकपाना टेकपाना

असोज २८, २०७७ १३:१६

यस्ता छन्, डुअल सेल्फी क्यामेरा भएका उत्कृष्ट ५ स्मार्टफोन

काठमाडौं । अहिलेका स्मार्टफोनले हरेकमा फोटोग्राफीको भोक पैदा गरेको छ । तपाईं प्रोफेसनल क्यामेरा बिना आफ्नो स्मार्टफोनबाटै आकर्षक तस्वीर लिन सक्नुहुन्छ ।

प्रयोगकर्ताको रुची र मागलाई मध्यनजर गर्दै स्मार्टफोन निर्माता कम्पनी एक पछि अर्को क्यामेरा फिचर भएका फोनहरु ल्याइरहेका छन् । फोन किन्दै गर्दै धेरैजसोले हेर्ने भनेकै क्यामेरा हो ।

यस्तोमा रियर क्यामेरामा मात्र नभएर सेल्फी क्यामेरामा समेत स्मार्टफोन निर्माता कम्पनीहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन् । पछिल्ला स्मार्टफोनमा तपाईं क्वाड र पेन्टा क्याेमेरा सेटअप देखिरहनु भएको छ होला ।

पछाडितर्फ मात्र नभएर अब सेल्फीका लागि समेत एकभन्दा बढी क्यामेरा भएका स्मार्टफोन बजारमा आउन थालिसकेका छन् ।

यदि तपाईं सेल्फीका लागि सौखिन हुनुहुन्छ भने आज हामी तपाईंलाई ५ वटा उत्कृष्ट डुअल सेल्फी क्यामेरा भएका स्मार्टफोनको बारेमा बताउँदै छौं । डुअल सेल्फी क्यामेरा भएको स्मार्टफोनका लागि तपाईंले त्यति धेरै बजेट खर्च गरिरहनु पनि पर्दैन ।

१. रियलमी एक्स फिफ्टी फाइभजी

सेल्फीका सौखिनहरुका लागि रियलमीको यो स्मार्टफोन निकै राम्रो छ । यसमा सबै गरेर ६ वटा क्यामेरा रहेका छन् । जसको फ्रन्टमा ३२ मेगापिक्सेल र ८ मेगापिक्सेलको डुअल क्यामेरा सेटअप राखिएको छ ।

पछाडि तर्फ भने ६४ मेगापिक्सेलको मूख्य क्यामेरा रहेको छ । क्वालकम स्नापड्रागन ८६५ प्रोसेस रहेको यो फोनमा तपाईंले ६.४४ इन्चको सुपर एमोलेड डिस्प्ले पाउनुहुनेछ ।

२. ह्वावे पी फोर्टी प्रो

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले हालै मात्र आफ्नो नयाँ स्मार्टफोन पी फोर्टी प्रो सार्वजनिक गरेको छ । यो फोन चाँडै नै नेपालमा पनि आउने आशा गरिएको छ ।

यो फोनमा पछाडितर्फ क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ५२ मेगापिक्सेलको मूख्य क्यामेरा लेन्स राखिएको छ । सेल्फीको लागि यो फोन निकै उत्कृष्ट छ । फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

३. ओप्पो रेनो फोर र रेनो फोर प्रो

ओप्पो रेनो फोर स्मार्टफोनमा ४८ मेगापिक्सेलको आईएमएक्स ५८६ एफ/१.७ को प्राइमरी क्यामेरा रहेको छ । जसको साथमा ८ मेगापिक्सेलको ११९ डिग्री अल्ट्रा वाइड एंगल लेन्स र २ मेगापिक्सेलको ब्ल्याक एन्ड ह्वाइट सेन्सर राखिएका छन् ।

रेनो फोर प्रो स्मार्टफोनमा पनि ४८ आईएमएक्स ५८६ को क्यामेरा ओआईएस रहेको छ । यस बाहेक यो फोनमा १२ मेगापिक्सेलको आईएमएक्स ७०८ १.४ यूएम १२० डिग्री अल्ट्रा वाइड एंगल एफ/२.२ लेन्स र एउटा १३ मेगापिक्सेलको एफ/२.४ टेलिफोटो लेन्स समेत रहेको छ । दुवै फोनमा लेजर फोकस सेन्सर दिइएको छ ।

४. पोको एक्स टू

साओमीको सबब्रान्डको रुपमा रहेको पोको स्मार्टफोन पोको एक्स टूमा पनि मजेदार क्यामेरा राखिएको छ । फोनमा डुअल फ्रन्ट क्यामेरा दिइएको छ ।

६.६७ इन्चको डिस्प्ले भएको यो फोनमा पन्चहोल क्यामेरा सेटअप रहेको छ । यो फोनमा प्राइमरी फ्रन्ट क्यामेरा सेन्सर २० मेगापिक्सेलको छ भने सेकेन्डरी सेन्सर दुई मेगापिक्सेलको छ ।

५. सामसङ ग्यालेक्सी एस टेन प्लस

यदि तपाईंको बजेट कम छ भने सामसङ ग्यालेक्सी एस टेन प्लस स्मार्टफोन खरिद गर्न सक्नुहुनेछ । यो फोनमा सानदार क्यामेरासँगै लेटेस्ट फिचर समेत प्राप्त हुनेछ ।

सेल्फीका सौखिनका लागि यो फोनमा डुअल फ्रन्ट क्यामेरा सेटअप राखिएको छ । यो फोनको अगाडि भागमा १० प्लस ८ मेगापिक्सेलको क्यामेरा सेन्सर दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४