close

कात्तिक ८ बाटै क्लिन फिड लागु हुने, अब विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही

टेकपाना टेकपाना

असोज २८, २०७७ १२:२०

कात्तिक ८ बाटै क्लिन फिड लागु हुने, अब विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही

काठमाडौं । कात्तिक ८ गतेबाटै ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहीत विदेशी च्यानल प्रसारण गर्नुपर्ने भन्दै सरकारले निर्देशन दिएको छ । विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि नेपालमा क्लिन फिड लागु गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सरोकारवालालाई जानकारी गरएको हो ।

यस अघि भारतीय बोडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुले कोरानालाई कारण देखाउँदै क्लिक फिड लागु गर्न थप समय माग गरेका थिए ।

तर, मन्त्रालयले भने कानूनमा तोकिए अनुसार नै सोही समयमा बाट क्लिन फिड लागु गर्नुपर्ने भन्दै सूचना जारी गरेको हो ।

उक्त पत्रमा भनिएको छ, ‘कात्तिकक ७ गतेभित्र विज्ञापनरहीत रुपमा विदेशी च्यानल प्रसारण गर्नुपर्ने व्यवस्था ऐनमा नै गरिएको र ऐनद्धारा नै एक वर्षको तयारी अवधि समेतको अवस्था भएकाले ऐनको मर्म र भावना अनुरुप तोकिएको मितिदेखि क्लिन फिड लागु गुर्नपर्ने छ ।’

यदि तोकिएको समयबाट क्लिन फिड लागु नगरिएको अवस्थामा कानून बमोजिम कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४