२०७९, २३ श्रावण सोमबार   |  
Monday 8th August 2022

एनसेलका ग्राहकले जान्नैपर्ने युएसएसडी कोड, यसरी लिनुहोस् सेवा

Ncell looses 79 NRP on ARPU, Ncell

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न कोड उपलब्ध गराएको छ । त्यसमध्य *१०१# अथवा *९०१# डायल गरेर मोबाइलको ब्यालेन्स जाँच प्रायजसो सबैले गर्छौं ।

रिचार्ज गर्दा प्रयोग हुने *१०२#*९०२# पनि हामी धेरैलाई थाहा भएको युएसएसडी कोड हो । यी त हरेक दिन प्रयोगमा आउने कोड भएकाले हामी सबैलाई याद नै भइरहेको हुन्छ ।

एनसेलका यस्ता धेरै कोड तथा नम्बरहरु छन, जसको प्रयोग गरेर ग्राहकले एनसेलबाट प्राप्त हुने विभिन्न सेवाको उपभोग गर्न सकिन्छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई युएसएसडी कोडमार्फत एनसेलमा लिन सकिने सेवाको बारे जानकारी गराउँदै छौं ।

यसअन्तर्गत ब्यालेन्सको जानकारी लिने, रिचार्ज गर्ने, फोरजी एक्टिभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, गुनासो गर्ने, रिङब्याक टोन राख्ने लगायतका सेवा छन् । उक्त सेवा कसरी लिने त ?

सेवाकोड तथा नम्बर/म्यासेज की वर्ड
१.ब्यालेन्स चेक *१०१# अथवा *९०१# डायल गर्नुहोस् ।
२.एनसेल रिचार्ज *९०२# रिचार्ज कार्ड नम्बर# डायल गर्नुहोस् । अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।
३.अरुको मोबाइलमा रिचार्ज गर्न*१०२* रिचार्ज कार्ड नम्बर*मोबाइल नम्बर# डायल गर्नुहोस् ।
४.ब्यालेन्स ट्रान्सफर सेवा सुचारु गर्न१७१२२ मा कल गरी सेवा सुचारु गर्न सकिन्छ ।
५.एनसेल ब्यालेन्स ट्रान्सफर *१७१२२* ब्यालेन्स पठाउनु पर्ने मोबाइल नम्बर*पठाउनु पर्ने रकम# डायल गर्नुहोस् ।
६.मोबाइल डेटा प्याक सब्सक्राइब गर्न *१२३# अथवा *१७१२३# डायल गर्नुहोस् ।
७.डेटा कति बाँकी छ भनेर जानकारी लिन*९०१# डायल गर्नुहोस अथवा ‘status‘ लेखी १७१२३ मा एसएमएस पठाउनुहोस् ।
८.एनसेल भ्वाइस प्याक लिन*१७११८# मा डयाल गरेर अथवा १७११८ मा कल गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।
९.एनसेल कल सेन्टर तथा कस्टमर केयर नम्बर९००५ अथवा ९८०९००५०० मा कल गर्नुहाेस् ।
१०.गुनासो गर्नएनसेलको प्रिपेड सिमबाट ९००५, एनसेल प्रो र बिज नम्बरबाट ९००७ र अन्यले ९८०९००५०० मा कल गर्न सकिन्छ ।
११एसएलसी रिजल्ट SEE, तपाईंको सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु होस् ।
१२एनसेल कलर ट्युन/पीआरबीटी लिन१७११७ मा कल गर्न तथा *१७११७# मा डायल गर्ने अथवा PRBT लेखेर १७११७ मा एसएमएस पठाउन सकिन्छ ।
१३कल ब्यारिङ भएमा खोल्न *३३०*००००# डायल गर्नुहोस् ।
१४एनसेल माई फाइभ एक्टिभ गर्न५५९९ मा कल गरी अथवा *५५९९# डायल गरी एक्टिभ गराउन सकिने छ ।
१५आफ्नै एनसेल माेबाइल नम्बर हेर्न*१०३# अथवा *९०३# डायल गुर्नहोस् ।
१६एनसेल सापटी लिन*९९८८# डायल गर्नुहोस् ।
१७अन्तराष्ट्रिय रोमिङ एक्टिभ गर्न*१२१२७# डायल गर्नुहोस् ।
१८इन्टरनेट सेटिङ प्राप्त गर्नall टाइप गरी ९५९५ मा एसएमएस गर्नुहोस् ।

यो पनि पढ्नुहोस् : टेलिकमका ग्राहकले जान्नैपर्ने युएसएसडी कोड, यसरी लिनुहोस् सेवा

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team