close

एक महिनामै ७ लाखले बढे टेलिकमका फोरजी ग्राहक

टेकपाना टेकपाना

असोज २८, २०७७ १७:६

एक महिनामै ७ लाखले बढे टेलिकमका फोरजी ग्राहक

काठमाडौं । नेपाल टेलिकमको फोरजी ग्राहक एक महिनामै ७ लाख भन्दा बढीले थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको साउन महिनाको एमआईएस प्रतिवदन अनुसार टेलिकमको फोरजी प्रयोगर्ताको संख्या १५ लाख ५१ हजार पुगेकाे छ।

याे संख्या अघिल्लो महिनासम्मको तुलानमा झन्डै दोब्बर नै हो । प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता ८ लाख ४४ हजारको हाराहारीमा मात्रै रहेका थिए ।

तर, एक महिनाको अवधिमा प्रयोगकर्ता संख्या झण्डै दोब्बर भएकाे छ । योसँगै नेपालमा कुल फोरजी प्रयोग गर्नेको संख्या ५४ लाख ९७ हजार ३ सय ३२ पुगेका छन् ।

त्यसमा एनसेलका फोरजी ग्राहक ३७ लाख ६३ हजारको हाराहारीमा रहेका छन् भने स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता १ लाख ८२ हजार ५ सय भन्दा बढी रहेका छन् । अघिल्लो महिनाको तुलानमा एनसेलको फोरजी प्रयोगकर्ता १५ हजार ९ सय २४ मात्रै थपिएका छन् ।

यस्त्तै स्मार्ट टेलिकमको फारजी प्रयोगकर्ता असार महिनाको तुलानमा घटेको प्रतिवेदनमा उल्लेख छ । असार सम्म २ लाख ३ हजारभन्दा बढी फोरजी प्रयोगकर्ता रहेकोमा हाल १ लाख ८२ हजार ५ मात्रै रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४