close

पार्वत गुरुङ बने सञ्चारमन्त्री

टेकपाना टेकपाना

असोज २८, २०७७ १८:३

पार्वत गुरुङ बने सञ्चारमन्त्री

काठमाडौं । पार्वत गुरुङ सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए । नयाँ मन्त्रीमण्डलमा हेरफेर हुँदा गुरूङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि गोकुल बास्कोटाले सञ्चार मन्त्रीको पदबाट राजीनामा दिएपछि डा. युवराज खतिवडाले अर्थ मन्त्रालयसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हेर्दे आएका थिए ।

डा. खतिवडाले पनि मन्त्रीबाट विदा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीमै थपिएको थियो । दोलखा स्थायी घर भएका गुरुङ नेकपाबाट संसदमा निर्वाचित जनप्रतिनिधि हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४