close

टेलिकमको एफटीटीएच चलाउनुहुन्छ ? एसएमएसबाटै थाहा पाउनुहोस रिन्यु गर्ने समय

टेकपाना टेकपाना

असोज २९, २०७७ १४:४४

टेलिकमको एफटीटीएच चलाउनुहुन्छ ? एसएमएसबाटै थाहा पाउनुहोस रिन्यु गर्ने समय

काठमाडौं । नेपाल टेलिकमले फाइबर टु दी होम(एफटीटीएच) सेवा विस्तार गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपाल टेलिकमको एफटीटीएचको प्रयोगकर्ता ३७ हजारभन्दा बढी रहेका छन् ।

सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताको लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

त्यसै अनुरुप हाल टेलिकमले एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध गराएको छ ।

नेपाल टेलिकमका फाइबर इन्टरनेट प्रयोगकर्ताले VL*NTFTTH स्पेस FTTH ID टाइप गरी १४१५ मा म्यासेज पठाएर इन्टरनेट कति दिनमा सकिँदै छ भनेर जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३