close

फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसी किन्दा गज्जबको रकम रिडिम गर्ने मौका

टेकपाना टेकपाना

असोज २९, २०७७ १६:२०

फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसी किन्दा गज्जबको रकम रिडिम गर्ने मौका

काठमाडौं । ईकमर्स कम्पनी ग्यापु डटकमले फोन पेको सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ । यो योजना अन्तर्गत उपभोक्ताले फोन पे मार्फत कारोबार गरी फोन पे अफर एपमा दुई हजार रिवार्ड प्वाइन्ट जम्मा गरी फ्ल्यास सेलमा खसी किन्दा रिडिम गर्न पाउनेछन् ।

उपभोक्ताले कुनै सामान खरिद गर्दा फोन पे क्यूआर कोड आफ्नो मोबाइल बैकिङ एपमार्फत स्क्यान टु पे गरी रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै युटिलिटी लगायत अन्य पेमेन्ट आफ्नो मोबाइल बैकिङ एप मार्फत भुक्तानी गरी र फोन पे अफर एपमा रहेको च्यालेन्जहरु कम्प्लिट गरेर रिवार्ड प्राप्त गर्नेछन् ।

त्यस्तै आफ्नो मोबाइल बैकिङ एपमार्फत एउटा बैंकबाट अर्को बैंकमा फण्ड ट्रान्सफर गरेर पनि रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

रिवार्ड प्वइन्ट रिडिम कसरी गर्ने ?
उपभोक्ताले फोन पे अफर एप डाउनलोड गरी रिडिम विथ योर फोन पे प्वइन्टस् क्लिक गरी विभिन्न अफरहरु रिडिम गर्न सक्नेछन् ।

उपभोक्ताले रेड्मी नोट नाइन, खसी, एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थियटर, मिनी पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स लगायत अन्य अफरहरु रिडिम गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३