close

सिटिजन्स बैंकका ग्राहकलाई डिल आयो डटकममा सामान किन्दा २५ प्रतिशतसम्म क्यास ब्याक

टेकपाना टेकपाना

असोज २९, २०७७ २०:२९

सिटिजन्स बैंकका ग्राहकलाई डिल आयो डटकममा सामान किन्दा २५ प्रतिशतसम्म क्यास ब्याक

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयोडट कममा सामान किन्दा २५ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्ने भएका छन्। बैंकले बिहीबार विज्ञप्ती जारी गर्दै बैंकको डेबिट, क्रेडिट बाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताले क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

यसअन्तर्गत पस, क्यूआर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजारभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म २५ सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने जानकारी दिएको हो।

उक्त योजना कार्तिक ६ गतेसम्म लागू हुनेछ। दशैंलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग शाखाबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३