close

फेसबुकको फोटोलाई ‘गुगल फोटोज’मा यसरी गर्नुहोस् ट्रान्सफर (भिडियो सहित)

टेकपाना टेकपाना

असोज २९, २०७७ २२:७

फेसबुकको फोटोलाई ‘गुगल फोटोज’मा यसरी गर्नुहोस् ट्रान्सफर (भिडियो सहित)

काठमाठौं । फेसबुकले फोटो र भिडियो गुगल फोटोज, ड्रपबक्स लगायतका क्लाउड स्टोरेजमा ट्रान्सफर गर्ने सुविधा दिएको छ । फेसबुकले आफ्नो नयाँ डेटा पोर्टेबिलिटी टुलको प्रयोग गरी प्रयोगकर्तामाँझ यो सुविधा दिइरहेको छ ।

सुरक्षाका लागि फाइल ट्रान्सफर हुनुअघि फेसबुकले प्रयोगकर्तालाई आफ्नो पासवर्ड पुनः इन्ट्री गर्न अनुरोध गर्दछ र ट्रान्सफरको क्रममा डेटा इनक्रिप्टेड हुन्छ ।

फेसबुकबाट गुगल फोटोज र ड्रपबक्समा फोटो वा भिडिया ट्रान्सफर गर्न सबैभन्दा पहिले फेसबुक अकाउन्टको सेटिङमा गएर ‘योर फेसबूक इन्फर्मेशन’मा क्लिक गर्नुपर्ने हुन्छ ।

यसपछि ‘ट्रान्सफर अ कपी अफ योर फोटो अर भिडियोज’ मा गई भ्यूमा सेलेक्ट गर्नुहोस् । यसपछि तपाईंको फेसबुकको पासवर्ड माग्छ । यसपछि ‘डेस्टिनेसन’ छनौट गरी ‘कन्फर्म’ गर्नुहोस् ।

विस्तृत जानकारीका लागि हामीले फेसबुककाे फाेटाे गुगल फाेटाेजमा कसरी लैजाने भनेर याे भिडियाे बनाएका छाैं :

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३